भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो « Khabarhub

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबीको भारतले खण्डन गरेको छ । भारतीय सेनाले पाकिस्तानले आदमपुरमा भारतीय एस ४०० प्रणाली ध्वस्त पारेको भन्ने दाबी खण्डन गरेको हो ।

पाकिस्तानले सुरतगढ र सिरसाको हवाइ मैदान, नगरोटामा ब्रह्मोस आधार शिविर, देहरांग्यारीमा आरटी गन पोजिसन र चण्डीगढ फरवार्ड एम्युनिशन डिपो नष्ट गरेको दाबी गरेको छ । भारतीय सेनाले यी सबै दाबी खण्डन गरेको छ ।

यसलाई भारतले ‘सामाजिक सञ्जालमा प्रचार गरी निरन्तर दुर्भावनापूर्ण गलत सूचना अभियान चलाउने प्रयास’ को संज्ञा दिएको छ । पाकिस्तानले फैलाएका यी झुठा कथनहरुलाई स्पष्ट रुपमा अस्वीकार गरिएको सेनाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : १२ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो