आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत « Khabarhub

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने भारतले चेतावनी दिएको छ । भारतीय समाचार संस्था एएनआईका भारतले अनुसार भविष्यमा आफ्नो भूमिमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानेर सोही अनुसार जवाफ दिनेछ ।

भारतले लामो समयदेखि आफ्नो भूमिमा पाकिस्तानले आतंककारी गतिविधिलाई प्रोत्साहन गर्दै आएको आरोप लगाउने गरेको छ । गत अप्रिल २२ का दिन २६ जनाको ज्यान जानेगरी जम्मु कश्मीर राज्यमा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कारवाही गरिरहेको छ ।

जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको उक्त आतंककारी आक्रमणमा एक जना नेपाली नागरिक सुदिप न्यौपानेसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यसको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिलाई लक्षित गरी आक्रमण गरेपछि दुई मुलुकबीच तनाव बढेर गएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : ५४ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो