आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ? « Khabarhub

आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ?


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार पनि भारत र पाकिस्तानबीच आक्रमण–प्रत्याक्रमण जारी छ । दक्षिण एशियामा अवस्थित दुवै मुलुकसँग आणविक हतियार छन् । यद्यपि तत्कालै दुबै मुलुकले आणविक प्रयोग गरिहाल्ने अवस्था आइसकेको छैन । तर, लडाइँ चर्किँदै जाँदा आणविक हतियारको प्रयोग हुने सम्भावना पनि उत्तिकै छ ।

नेपाल पनि दक्षिण एशियामा अवस्थित छ । यसरी दक्षिण एशियामा आणविक युद्ध भए त्यसको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । आणविक हतियारले अकल्पनीय ध्वंश निम्त्याउँछ । यस्तो आक्रमणमा पर्ने मान्छे बाँच्ने सम्भावना धेरै नै कम हुन्छ ।

आज हामी दक्षिण एशियामा आणविक युद्धको अवस्था आए के गर्ने ? कसरी जोगिने भन्नेबारे जानकारी दिन गइरहेका छौँ । यसबारे अमेरिकी रेडक्रसले केही सूचना जारी गरेको छ ।

दूरी
आणविक युद्धका क्रममा दूरीले निकै ठूलो भूमिका खेल्छ । यसको अर्थ आणविक हतियार प्रहार भएको ठाउँबाट तपाईँ जति टाढा हुनुहुन्छ, तपाईँको बाँच्ने सम्भावना उति धेरै हुन्छ ।

पर्खाल
आणविक हतियार विष्फोट भए दूरीसँगै तपाईँ कस्तो स्थानमा हुनुहुन्छ भन्ने कुराले पनि तपाईँ बाँच्ने नबाँच्ने निर्धारण गर्छ । आणविक हतियार विष्फोट भएका बेला तपाईँ कंक्रिटको बाक्लो पर्खाल, माटोको थुप्रोको बीचमा हुनुहुन्छ भने तपाईँको बाँच्ने सम्भावना धेरै हुन्छ । खुला ठाउँमा हुनुहुन्छ भने त्यो सम्भावना कम हुन्छ । त्यसमा पनि जमिनको सतहमाथि भन्दा जमिनमुनी बस्ने मान्छे आणविक हतियारको प्रहारबाट जोगिने सम्भावना धेरै हुन्छ ।

समय
आणविक बम विष्फोट हुनेबित्तिकै आणविक रेडिएसन ह्वात्तै बढ्छ । समयसँगै त्यो कम हुँदै जान्छ । आणविक बम विष्फोट भएको ठाउँमा दुई सातासम्म रेडिएसन १ प्रतिशतसम्म घटेर जान्छ । आणविक बम विष्फोट भइहाले केही समयसम्म रेडिएसनबाट जोगिएर रहनु हितकर हुन्छ ।

आणविक विष्फोट हुनुअघि के गर्ने ?

अत्यावश्यक सामान जम्मा पार्ने
आणविक बम विष्फोट हुने सम्भावना देखिएको छ भने तपाईँले आपतकालका लागि खानेकुरा, पानी, रेडियो, औषधि टर्चलाइटजस्ता अत्यावश्यक सामान जम्मा पार्न सक्नुहुन्छ । यस्ता सामानलाई सहजै भेटिने ठाउँमा राख्नुपर्छ ।

योजना बनाउने
आणविक हमला भइहाले के गर्ने भन्नेबारे परिवार, छरछिमेकी र साथीभाइसँग योजना बनाउन सकिन्छ । आणविक युद्ध भएर विछोड भए कहाँ, कति समयपछि भेट्ने भन्नेबारे नजिकका मान्छेसँग योजना बनाउनुहोस् ।

स्थान पहिचान गर्ने
आणविक हमला भएको अवस्थामा कहाँ गएर लुक्ने, कहाँ जाँदा आफ्नो ज्यान जोगिनसक्छ भन्ने कुरालाई मध्यनजर गर्दै स्थान पहिचान गर्न सकिन्छ । यसमा जमिनमुनी खनिएको सुरुङ, झ्यालढोका नभएको कोठा वा अरु कुनै उपयुक्त ठाउँ हुनसक्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ३० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग