भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि | Khabarhub Khabarhub

भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको पाकिस्तानका विदेशमन्त्री इशक दारले पुष्टि गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पाकिस्तानका उपप्रधानमन्त्री समेत रहेका दारले दुई मुलुक युद्धविरामका लागि सहमत भएको पुष्टि गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यस्थतामा दुई मुलुक तत्काल लागू हुनेगरी पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए । ट्रम्पले युद्धविरामको घोषणा गरेको केही समयलगत्तै विदेशमन्त्री दारले यसको पुष्टि गरेका हुन् ।

उनले सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै असर नपर्नेगरी आफ्नो मुलुक पाकिस्तान जहिले पनि यस क्षेत्रमा शान्ति र सुरक्षाको पक्षमा रहेको समेत बताएका छन् ।

यसबारे भारतीय पक्षले पनि चाँडै मुख खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : १० बजे

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी