‘अर्थ’को प्रतिवेदन : ‘स्वास्थ्य’को बजेट खर्च ५६ प्रतिशत, अस्पताल निर्माणदेखि आरोग्य समूह गठनसम्मका प्रगति | Khabarhub Khabarhub

‘अर्थ’को प्रतिवेदन : ‘स्वास्थ्य’को बजेट खर्च ५६ प्रतिशत, अस्पताल निर्माणदेखि आरोग्य समूह गठनसम्मका प्रगति


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा विनियोजित बजेटको झण्डै ५६ प्रतिशत रकम खर्च गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को यथार्थ र आर्थिक वर्ष २०८१/८२ को चैतसम्मको प्रगति प्रतिवेदनअनुसार विनियोजित रकम ५ करोड ३ लाख ६८ हजार ४७ रुपैयाँमा २ करोड ७५ लाख ७ हजार ४ रुपैयाँ अर्थात ५५ दशमलव ९ प्रतिशत खर्च भएको देखिएको छ ।

प्रतिवेदनमा विभिन्न सरकारी स्वास्थ्य संस्थामा जम्मा ४ हजार २ सय ७२ वटा दरबन्दी स्वीकृत गरिएकोमा ४ हजार १ सय ८३ जना नियुक्त गरिएको र अझै ८९ पद रिक्त रहेको उल्लेख छ ।

आधारभूत अस्पताल निर्माणदेखि आरोग्य समूह गठन गरिएको कार्यक्रमलाई पनि प्रतिवेदनले प्रगतिमा समेटेको छ ।

यी हुन् बजेट वक्तव्य २०८१/८२ मा समेटिएर पूरा भएका कार्यक्रम

औषधि तथा स्वास्थ्यजन्य उपकरण खरिदका लागि बोलपत्र स्वीकृत र खरिद सम्झौता भएको । आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि २६२६ वडामा रकम पठाइएको । र, ११३ वटा आधारभूत अस्पताललाई पूर्ण रकम हस्तान्तरण भई ४१ वटा अस्पताल निर्माण सम्पन्न भइसकेको छ ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्र्तगत २० हजार ५ सय ६३ जनाले क्यान्सर, ५ हजार ८ सय ८५ जनाले मुटु सम्बन्धी उपचार, ९ हजार १ सय ६६ जनाले हेमोडाइलासिस र २ सय २९ जनाले मिर्गौला प्रत्यारोपणसहित कुल ४१ हजार ५९ जनाले सेवा प्राप्त गरेका छन् ।

सवै स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध भइरहेको र २०८१ चैत महिनासम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका २६ हजार १ सय महिलाले यातायात खर्च र १४ हजार ७ सय २० जना महिलाले ४ पटक गर्भ जाँचको उत्प्रेरणा खर्च प्राप्त गरेका छन् ।

क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मिर्गौला प्रत्यारोपण र डाइलासिस सेवा लिरहेका १७ हजार ६ सय ८५ जना बिरामीलाई प्रति महिना ५ हजार प्रदान गरिएको छ ।

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट हालसम्म १ हजार ४५ जना नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गरिएको छ ।

मानसिक अस्पताल पाटनमा आत्महत्या रोकथाम हटलाइन सेवा सञ्चालन गरिएको र विभिन्न स्थानमा स्याटलाइट सेवा सञ्चालन गरिएको छ ।

अस्पतालहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि मन्त्रीपरिषदबाट सहमति प्राप्त भई टिओआर तयार भएको छ ।

सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर तथा ट्रान्सप्लान्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । यी अस्पतालहरूमा उपकरण खरिदको कार्य प्रक्रियामा रहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कक्षा सुरु भएको छ ।

हालसम्म ११ सय ४७ नागरिक आरोग्य समूह गठन भएको छ ।

स्वास्थ्य बीमा नियमावली २०७५ संशोधनको प्रक्रियामा रहेको र स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत र स्वास्थ्य बीमा बीचको दोहोरोपना हटाउन मापदण्ड निर्माणको लागि समिति गठन भएको छ ।

जनसङ्ख्या नीतिको मस्यौदा तयार भएको, अवधारणा–पत्र स्वीकृत भई ‘पोलिसी ल्याब’ मा रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ – २०८१/८२ को चैत मसान्तसम्ममा तर्जुमा भएर संशोधन कार्यान्वयनमा आएका नीति कानुन कार्यविधि तथा निर्देशिका र मापदण्डहरू

एमआर अभियानका लागि निर्देशिका २०८० (नयाँ तर्जुमा)

एचपीभी खोप सुरुवातसम्बन्धी कार्यसञ्चालन निर्देशिका २०८० (नयाँ तर्जुमा)

विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (नयाँ तर्जुमा)

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा सञ्चालन निर्देशिका २०८० (नयाँ तर्जुमा)

प्रयोगशाला फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि २०८० (नयाँ तर्जुमा)

एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको रोडम्याप २०२२–२०३० (नयाँ तर्जुमा)

राष्ट्रिय प्रतिजैविक उपचार निर्देशिका २०८० (नयाँ तर्जुमा)

नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८०–२०८७/८८ (नयाँ तर्जुमा)

स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० (नयाँ तर्जुमा)

प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना २०८०/८१–२०८४/८५ (नयाँ तर्जुमा)
नेपाल स्वास्थ्य जनशक्ति व्यवस्थापन सूचना प्रणाली सञ्चालन कार्यविधि २०८१ (नयाँ तर्जुमा)

नेपाल स्वास्थ्य संस्था पञ्जीकरण कार्यविधि २०८१ (नयाँ तर्जुमा)

अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि २०८१ (नयाँ तर्जुमा)

त्यस्तै जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधी २०८१ नयाँ तर्जुमा गरिएको छ भने नसर्ने रोगहरू मधुमेह उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाई र तौलको अनुपात पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१, राष्ट्रिय क्यान्सर रणनीती २०२४-२०३०, विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम निर्देशिका २०८१, बिरामी प्रेषण राष्ट्रिय निर्देशिका २०८१ नयाँ तर्जुमा गरिएका छन् ।

त्यस्तै औलो तथा कालाजार सार्ने बाहक नियन्त्रणका लागि अन्तरंग अविशिष्ट विषादी छिड्काउ सम्बन्धी निर्देशिका २०८१, राष्ट्रिय औलो रणनीतिक योजना २०२५–२०३० तथा खरिद सुधार मार्गदर्शन २०८१ र नवजात शिशुको श्रवण स्क्रिनिङ निर्देशिका २०८१ पनि नयाँ तर्जुमा गरिएको छ ।

स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन २०८१) संशोधन गरिएको छ । विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ नयाँ तर्जुमा गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सम्पादन भएका महत्वपूर्ण कार्य

सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट २ करोड ८२ लाख ४७ हजार ७ सय ५२ पटक बहिरंग सेवा प्रदान गरिएको छ ।

त्यसैगरी अस्पतालहरूबाट ५ लाख ८ हजार ३ सय ४७ जनाले अन्तरंग सेवा र १७ लाख ४२ हजार ९ सय २५ जनाले आकस्मिक सेवा प्राप्त गरेका छन् ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २०८१ चैत मसान्तसम्ममा ३६ लाख ३६ हजार ४ सय ५३ जनालाई बीसीजी ३१ लाख ११ हजार २ सय ५६ जनालाई डीपीटी हेपाटाइटिसबी ३ मात्रा, ३ लाख १० हजार ६ सय १७ जनालाई पोलियो ३ मात्रा, ३ लाख ३९ हजार २ सय ६१ जनालाई दादुरा रुबेला २ मात्रा, ३ लाख २२ हजार ७ सय ९७ जनालाई रोटा २ मात्रा, ३ लाख २१ हजार ५ सय १ जनालाई पीसीभी ३ मात्रा, ३ लाख ६५ हजार ८ सय ७३ जनालाई जापनिज इन्सेफ्लाइटिसको खोप र ३ लाख ४० हजार २ सय ८१ जनालाई टाइफाइडको खोप प्रदान गरिएको छ ।

त्यस्तै २ लाख ६७ हजार ६ सय ६२ जना गर्भवती महिलाहरूलाई टिटनास र डिप्थेरियाको २ मात्रा खोप प्रदान गरिएको छ ।

नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत निमोनिया भएका ५७ हजार ६ सय ९६ जना (२ महिनादेखि ५ वर्षसम्मका) बालबालिकालाई एमोक्सिलिनबाट उपचार गरिएको र झाडापखाला लागेका १ लाख ५२ हजार ८ सय ६५ जनालाई पुनर्जलीय झोल र जिङ्क चक्कीबाट उपचार प्रदान गरिएको छ ।

पोषण कार्यक्रमअन्र्तगत ६४ हजार ८५ बालबालिकालाई, ३२ हजार ८ सय ६८ जना गर्भवती महिलालाई र २० हजार १ सय ३७ जना सुत्केरी महिलालाई फोर्टिफाइड पिठो वितरण गरिएको छ ।

त्यस्तै २ लाख ४२ हजार १ सय १० जना गर्भवती महिलाहरूलाई १८० चक्की आइरन, २ लाख ४८ हजार ९ सय ३८ जना सुत्केरीलाई भिटामिन ए वितरण गरिएको छ ।

परिवार नियाजनको अस्थायी साधनको नयाँ प्रयोगकर्ता यस आर्थिक वर्षको चैत मसान्तसम्म ३ लाख ९९ हजार ६ सय ३८ रहेका छन् । हालसम्म परिवार नियोजन कर्ताको दर ४० प्रतिशत रहेको छ ।

सुरक्षित मातृत्व कार्यक्रमअन्र्तगत २०८१ चैत महिनासम्ममा पहिलो पटक गर्भ जाँच गरेका महिला ४ लाख २७ हजार ९ जना, प्रोटोकलअनुसार ४ पटक जाँच गरेका ३ लाख २७ हजार २ सय ९८ जना, स्वास्थ्य संस्थामा प्रसुति गराएका २ लाख ९० हजार ९ सय ६५ जना रहेका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा २४ हजार ८ सय ८२ जना क्षयरोगका बिरामीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् ।

यस अवधिको उपचार सफलता दर ९२ प्रतिशत रहेको छ ।

एचआइभी एड्स नियन्त्रणका कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा १ लाख ७१ हजार ९४ जनाको परीक्षण गरिएकोमा १ हजार ६ सय ८९ जनामा एचआईभी पोजेटिभ देखिएको छ । र, यस अवधिसम्ममा २५ हजार ५ सय ३० जना एचआईभी सङक्रमितलाई एण्टी रेट्रो भाइरल एआरभी वितरण गरिएको छ ।

बाँके जिल्लाको नेपालगञ्ज, नरैनापुर, बैजनाथ र डुडुवा गाउँपालिकामा २ लाख ६७ हजार ४ सय ४६ जनसङ्ख्यालाई लक्षित गरी वैशाख महिनाभरी हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान सञ्चालन भइरहेको छ ।

औलो रोग नियन्त्रण कार्यक्रमअन्तर्गत आरडीटी किटबाट मात्र २ लाख ३६ हजार ९ सय २२ वटा, ५७ हजार १ सय १८ माइक्रोस्कोपबाट परीक्षण गरिएको छ भने र आरडीटी किट र माइक्रोस्कोप दुवैबाट २४ हजार २ सय ५ गरी कुल ३ लाख १८ हजार २ सय ४५ नमुना परीक्षण गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागबाट निर्माणाधीन १ सय ९१ परियोजनामध्ये २०८१ चैत मसान्तसम्ममा अस्पताल भवन १, आयुर्वेद औषधालय १, स्वास्थ्यचौकी ९ मेडिकल स्टोर १ गरी १३ वटा आयोजना सम्पन्न भएका छन् भने ३२ वटा आयोजना सम्पन्न हुने चरणमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ३१ बजे

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेयको इजलासमा

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

गणेशमानलाई भ्रष्ट देखाउने त्यो प्रयास…

काठमाडौं – संघीय संसद्को छैठौं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक पछिल्लो समय

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको तेस्रो

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा