अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ? « Khabarhub

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर ‘ओटीटी प्ल्याटफर्म’ नेटफ्लिक्समा ‘द ग्रेट इन्डियन कपिल शो’ सञ्चालन गर्दै आएको छ ।

यो कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’को विस्तारित रुप हो । सुरुमा कपिलले ‘कमेडी नाइट्स विथ कपिल’ चलाउँथे ।त्यसपछि अर्को टेलिभिजनमा च्यानलमा ‘द कपिल शर्मा शो’ चलाउन थाले ।

टेलिभिजनबाट ओटीटीमा पुग्दा कपिलले ‘द ग्रेट इन्डियन कपिल शो’ चलाउन थालेका हुन् । यो कार्यक्रमको प्रस्तोता कपिल स्वयं हुन् भने जजको भूमिकामा अर्चना पुरन सिंह छिन् ।

यो टिमले ओटीटीमा दुई सिजन पूरा गरेको छ । अब तेस्रो सिजनको तयारीमा छन् । जुन २१ मा तेस्रो सिजनको पहिलो एपिसोड प्रिमियर हुने बताइएको छ ।

नेटफ्लिक्सले तेस्रो सिजनको रोचक प्रचार सामाग्री सार्वजनिक गरेको छ । जसमा जजको भूमिकामा नवजोत सिंह सिद्धु हुने कपिलले नै घोषणा गरेका छन् ।

सिद्धुको आगमनले अर्चना शोबाट बिदा हुन लागेकी होइनन् । उनको स्थान यथावत नै रहेको बताइएको छ । अर्थात्, यो शोमा अब दुई जना जज रहेने छन्– सिद्धु र अर्चना ।

किन बाहिरिएका थिए सिद्धु ?

‘कमेडी नाइट्स विथ कपिल’देखि नै सिद्धु जजको भूमिकामा थिए । कपिल उनलाई अत्यन्तै सम्मान गर्छन् र ‘लक्की चार्म’ मान्छन् ।

सोहीकारण टेलिभिजन च्यानल परिवर्तन गरेर ‘द कपिल शर्मा शो’ सुरु गर्दा पनि सिद्धु जजको भूमिकामा दोहोरिएका थिए ।

सिद्धु पनि कपिलका शोको पर्‍यार्य नै बनेका थिए । सिद्धु र कपिलको सहकार्य सन् २०१९ बाट टुटेको हो । उनीहरुको ६ वर्षको सहकार्य एक राजनीतिक घटनाले टुटाएको हो ।

कश्मिरको पुलवामा सन् २०१९ मा भएको आतंकवादी हमाललाई लिएर भारत र पाकिस्तानको विवाद भएको थियो ।

जसमा सिद्धुको अभिव्यक्ति थियो, ‘यो कुनै व्यक्तिले वा समूहले गराएको घटना हो । पूरै देशलाई जिम्मेवारी बनाउनु हुँदैन ।’

यही कारण उनको चर्को विरोध भएको थियो । फलतः कपिललाई टेलिभिजन च्यानलले सिद्धुलाई शोबाट हटाउन दबाब दिएको थियो ।

यही कारण सिद्धु शोबाट बाहिरिए । उनको स्थानमा अर्चनाको प्रवेश भएको थियो । अर्चना जज हुँदा सिद्धु अथितिका रुपमा शोमा समेत पुगेका थिए ।

सिद्धुको अनुपस्थितिमा शोमा उनको माग भइरहेकै थियो । तर, उनी राजनीतिक र व्यक्तिगत कारणले शोमा आउन सकिरहेको थिएनन् ।

कपिलले भने व्यस्ताताले सिद्धुले कार्यक्रममा समय दिन नसक्ने भएकाले जजको भूमिकामा ल्याउन नसेकेको बताउँदै आएका थिए ।

अब सिद्धु शोमा आउने खबरले शोका फ्यानहरु थप उत्साहित भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ०२ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय