आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना | Khabarhub Khabarhub

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शन सोमबार पनि कायम नै रहेको छ। यसअघि सो प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि सङ्घीय सरकारले समुद्री सेना पनि तैनाथ गरेको छ। प्रदर्शन रोक्न थप सात सय समुद्री सेना तैनाथ गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने नीति सही रहेको जिकिर गरेका छन्। यता राष्ट्रिय सुरक्षा गार्ड प्रदर्शन रोक्न प्रयोग भएको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका छन्। सोमबार क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टा र न्युसमले ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका हुन्।

न्युसमले ट्रम्पले आफ्नो अनुमति बिना राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेका हुन्। समुद्री सेनाको समेत प्रयोग गरिएपछि न्युसमले यसको आलोचना गरेका छन्। उनले प्रयोग गरिएका सम्पूर्ण सेनालाई आफ्नै देशका बासिन्दाको विरुद्धमा कदम नउठाएमा नायक ठहरिने समेत बताए।

प्रशासनले गिरफ्तार भएका मजदुर नेता डेभिड हेराल्डलाई अदालतमा लैजाने तयारी गरेको छ। महानगरीय बन्दी गृहमा राखिएका उनलाई नजिकको अदालतमा उपस्थित गराइने भएको हो।

प्रदर्शनकारी त्यहीँ रहेको पार्कमा भेला हुँदै उनको रिहाइका लागि आन्दोलन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १९ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक