लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क « Khabarhub

लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यन्त खराब सम्बन्ध राखेका अर्बपति एलन मस्कले लस एन्जलसमा राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेका छन्।

यसअघि मस्कले ट्रम्पको विरुद्धमा महाअभियोग आवस्यक रहेको सम्मको अभिव्यक्ति दिएका थिए।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पोस्ट गरेको ‘राष्ट्रपतिले हिंसा र विध्वंस सहन हुँदैन भनेर’ लेखेको कुरामा अमेरिकाको झन्डा थपेर पोस्ट गरेका हुन्।

यसअघि पनि ट्रम्प प्रशासनको निकट रहेर काम गर्दा मस्कले सीमा बन्द गर्ने र अवैध आप्रवासीलाई डिपोर्ट गर्ने कुराको समर्थन गरेका थिए।

मस्कले ट्रम्पको सामाजिक सञ्जालको स्क्रिन सट लिँदै क्यालिफोर्नियाका गर्भनरले त्यहाँको जनतासँग माफी माग्नुपर्ने कुरा समेत उल्लेख गरेका छन्।

लस एन्जलसमा आइतबार राति मात्र १४८ जना गिरफ्तार भएका थिए। ती नै मध्यका १४७ जना रिहा भइसकेका छन्। हिंसाका एक अधिकारी घाइते पनि भएका छन्।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ३२ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा