कोशीबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन | Khabarhub Khabarhub

कोशीबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।’ 

मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान­धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । 

त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताउँछन्। 

नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए। जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो संकेत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ । 

यस्तै मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताए। उनका अनुसार अहिले बङ्गालको खाडीमा फेरि अर्को न्यून चापीय प्रणाली बनेको छ । 

भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको उनले बताए। जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ । यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ । 

प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २७ बजे

अस्ट्रेलिया विश्वकपमा छनोट

साउदी – अस्ट्रेलियाले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज फैसला सुनाइँदै

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

काठमाडौं– ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज (बुधबार)

ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन

न्युयोर्क – अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट

विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११