१०० रुपैयाँ पर्ने सामान १० महिनामा २ रुपैयाँ ७७ पैसाले बढ्यो « Khabarhub

१०० रुपैयाँ पर्ने सामान १० महिनामा २ रुपैयाँ ७७ पैसाले बढ्यो


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० महिनाअघि १०० रुपैयाँ पर्ने सामानको मूल्य बढेर १०२ रुपैयाँ ७७ पैसा पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा १०० रुपैयाँ पर्ने सामान २ रुपैयाँ ७७ पैसाले बढेको छ । 

यस्तो मूल्यवृद्धि अघिल्लो वर्षको १० महिनामा ४.४० प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको  मूल्यवृद्धि १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको  मूल्यवृद्धि ३.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको  मूल्यवृद्धि क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता  मूल्यवृद्धि ४.२९ प्रतिशत, मधेश प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता  मूल्यवृद्धि २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका