फिल्म ‘जहाजै’ निर्देशन गर्दै ‘लेडी टाइगर’ « Khabarhub

फिल्म ‘जहाजै’ निर्देशन गर्दै ‘लेडी टाइगर’


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ गत चैत २९ मा प्रदर्शनमा आयो । यस फिल्मले प्रदर्शनको ५१ दिन मनाए पनि व्यापार कमजोर नै बन्यो ।

मल्टिस्टार यस फिल्मले निर्देशक कृषा चौलागाईंलाई भने हाइपमा ल्यायो । मल्टिस्टारर फिल्म निर्देशन गरेर चुनौती मोलेकाले उनले ‘लेडी टाइगर’ उपनामसमेत पाइन् ।

कृषा ‘पिताम्बर’को सिक्वेल बनाउने तयारीमा पनि छन् । तर, अहिले उनले पहिला अर्को फिल्म निर्देशन गर्ने खबर बाहिरिएको छ ।

कृषाले फिल्म ‘जहाजै’ निर्देशन गर्ने भएकी हुन् । निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गरी यसबारे जानकारी दिएको हो ।

यो फिल्मको निर्माण यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने भएको हो । यूएनएले जापानमा नेपाली फिल्म वितरणको काम गर्दै आएको छ ।

केही साताअघि कृषाले जपानमा गएर यो फिल्मका लागि सम्झौता गरेकी थिइन् । त्यसबेला फिल्मको नाम फाइनल भएको थिएन ।

यो फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा उठान गरेको बताइएको छ । थिम पोस्टरमा एक युवा लगेज बोकर प्लेन अगाडि उभिएको देखाइएको छ । यसले पनि फिल्म वैदेशिक रोजगारीको कथामा बन्न लागेको संकेत गर्छ ।

अहिलेसम्म यस फिल्मका लागि कलाकारहरु फाइनल नभएको निर्माण पक्षले बताएको छ । फिल्ममा जपान र नेपालका कलाकारको अभिनय रहने बताइएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन नेपाल, जापान र फिलिपिन्समा हुनेछ । पहिलो चरणको छायाङ्कन जापानमा एक महिना चल्ने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  २ : ५५ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,