‘मिरमिरे’मा प्रकाश र दयाहाङको पहिलो सहकार्य हुने पक्का, नायिका को ? « Khabarhub

‘मिरमिरे’मा प्रकाश र दयाहाङको पहिलो सहकार्य हुने पक्का, नायिका को ?


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको लेखन र निर्देशनमा बन्ने फिल्म ‘मिरमिरे’मा गायक प्रकाश सुपुत अनुबन्ध भएका छन् । निर्माण पक्षले मङ्गलबार उनीसँग काजगी सम्झौता गरेको सार्वजनिक भएको हो ।

आफ्नो परिचय विस्तार गराउने सम्भावना बोकेको भूमिकाका लागि प्रस्ताव आएको फिल्ममा जोडिएको प्रकाशले बताए ।

प्रकाश यस फिल्मको शीर्ष मध्येको एक भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले जानकारी दिएको छ ।

यस फिल्मको शीर्ष नायकको भूमिकामा नायक दयाहाङ राई यसअघि नै अनुबन्ध भइसेकेका छन् । फिल्ममा प्रकाशको प्रवेशसँगै उनको र दयाहाङको ठूलो पर्दामा पहिलो सहकार्य हुने पक्का भएको छ ।

यमले यस फिल्ममा दयाहाङसँग दोस्रो पटक सहकार्य गर्ने भएका हुन् । यमको डेब्यू लेखन र निर्देशन रहेको फिल्म ‘कार्साङ’मा उनी र दयाहाङको पहिलो सहकार्य भएको थियो ।

हालसम्म यो फिल्मको नायिका फाइनल भएकी छैनन् । निर्देशक शेर्पा चल्तीको स्टार नायिकालाई नै लिने योजनामा छन् ।

नायिकाबारे उनी भन्छन्, ‘बजारले रुचाएको र अभिनयमा दख्खल राख्ने नायिकालाई नै लिने कुरा छ । एक नायिकासँग कुरा पनि भइरहेको छ ।’

चाँडै यो फिल्मको छायाङ्कनमा निस्कने योजनामा निर्देशक शेर्पा रहेका छन् । यो फिल्म यही वर्ष प्रदर्शनमा आउने भए पनि मिति तोक्न बाँकी रहेको उनले बताए ।

यस फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १ : १६ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,