प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल | Khabarhub Khabarhub

प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् ।

स्कटल्यान्ड भ्रमणका मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

क्यानले सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको जानकारी दिएको छ।

यी दुवैजना घाइते खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खे‍ल गुमाउने निश्चित भएको छ। त्यससँगै टी–२०आई त्रिकोणीय सिरिजका सबै खेल पनि गुमाउने क्यानले जनाएको छ।

स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुईमध्ये एक खेलमा विजयी भएको थियो ।

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालको नेदरल्यान्ड्सविरुद्ध नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे प्रतिस्पर्धा गर्ने छ ।

२२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो ।

स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको थियो ।

लिग–२ मा अहिले आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : ०४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय