संकटमा सामुदायिक रेडियो, कार्यक्रम र समाचार नै बन्द गर्नुपर्ने अवस्था « Khabarhub

संकटमा सामुदायिक रेडियो, कार्यक्रम र समाचार नै बन्द गर्नुपर्ने अवस्था


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुदायिक रेडियोको क्षमता अभिवृद्धि तथा नीति संवाद कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संस्था (अकोराव) मा आबद्ध रेडियो सञ्चालकहरूले पछिल्लो समय सामुदायिक रेडियोहरू संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार र मंगलबार अकोराव बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सहभागी प्रदेश भित्रका रेडियो व्यवस्थापकहरूले सामुदायिक रेडियोहरू आर्थिक संकट रहेको बताए ।

नेवा सामुदायिक एफएमका सञ्चालक कमला महर्जनले आर्थिक संकटका कारण रेडियोबाट नियमित प्रसारण हुँदै आएका कार्यक्रम तथा समाचार बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

त्यसैगरी कार्यक्रम रेडियो उपत्यका सामुदायिक एफएमका श्रीराम तिवारीले पनि सामुदायिक रेडियोलाई समुदायले अपनत्व गर्न नसक्दा समेत संकटमा पर्दै गएको उल्लेख गरे ।

कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै उनले विश्व परिवेशमा प्रविधिमा परिवर्तनले गर्दा दिएको चुनौती तथा रेडियो  प्रविधि प्रति राज्यको चासोमा कमी आउँदा सामुदायिक रेडियोहरू संकटमा परेको बताए ।

त्यसैगरी कार्यक्रममा रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियोमा कार्यरत दीपक घिमिरे सामुदायिक रेडियो व्यवस्थापकहरूले रेडियोलाई दोस्रो पेसाको रूपमा हेर्दा पनि सामुदायिक रेडियो समस्यामा परेको बताए ।

सामुदायिक रेडियोहरू समुदायसम्म पुग्न नसक्दा र समुदाय लक्षित कार्यक्रम,समाचार उत्पादनमा कमी आउनुले पनि सामुदायिक रेडियो प्रतिको माया घट्दै गएको बताए ।

रेडियोहरू  गुणस्तरमा भन्दा संख्यामा वृद्धि हुँदा सामुदायिक रेडियोले आर्थिक संकट झेल्नुपरेको अकोरावद्वारा सञ्चालित  (सिआईएन)नेटवर्कका म्यानेजर दीपक आचार्यले बताए । प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दै सामुदायिक रेडियोहरूले पनि समुदाय लक्षित कार्यक्रम उत्पादनमा जोड्दिन नसक्दा संकट खेपिरहेको बताए । 

रेडियो विज्ञ रघु मैनाली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सचिव भक्त श्याङताङ, सुमन बस्नेत लगायतले सहभागीहरूलाई तालिममा प्रशिक्षण दिएको अकोराव बागमती प्रदेशका सचिव आशिष् ठकुरीले बताए ।-सुबास बस्नेत/ काठमाडौं

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ४४ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण