काठमाडौंमा गर्मी बढ्दै, कहिले पर्ला पानी ? | Khabarhub Khabarhub

काठमाडौंमा गर्मी बढ्दै, कहिले पर्ला पानी ?


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौं लगायत देशैभरी गर्मी बढ्दै गएको छ । आज काठमाडौंको तापक्रम ३१ डिग्री सम्म मापन भएको छ । यसपटकको मनसुन छिटो सुरु हुने अनुमान गरिएपनि पूर्वी नेपालमा प्रवेश गरेको मनसुन फैलिन नसक्दा गर्मी बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले कोशीसम्म मनसुन भित्रिइसकेको तर, पश्चिमी वायु बलियो भएको कारणले मनसुन सर्न नसकेको बताइन् ।

 ‘वर्षमा ४ महिना मात्रै नेपालमा पूर्वबाट पश्चिममा हावा बहन्छ, बाँकी ८ महिना पश्चिमी वायु नै हाबी भइरहेको हुन्छ’, उनले भनिन्, ‘मनसुन आउन पश्चिमी वायु अलिकति माथि सर्नुपर्छ, त्यो भनेको तिब्बतको लेबलतिर जानुपर्छ, बंगालको खाडीबाट आएको हावा कोशी हुँदै पश्चिमतर्फ सर्नुपर्छ ।

पश्चिमी वायु बलियो भएको अवस्थामा मनसुनी वायु पश्चिमतर्फ सर्न समय लाग्ने गरेको उनले बताइन् । आजको दिनमा पनि बादल थपिँदै गरेको २र३ दिनमा काठमाडौंसम्म मनसुन आइपुग्न सक्ने उनको भनाइ छ । साथै, असारको पहिलो हप्तामा देशैभरी मनसुन फैलने सम्भावना रहेको उनको भनाइ छ ।

‘सामान्यतया मनसुन भित्रने भनेको जुन १३ तारिक हो त्यो आउन अझै तीन दिन बाँकी छ, पोहोर साल पनि पूर्वमा मनसुन पश्चिम पुग्न १५ दिनको समय लागेको थियो, पोहोर साल अहिलेको तुलनामा धेरै गर्मी भएको थियो, काठमाडौंमा ३५ डिग्री सम्म तापक्रम पुगेको थियो, अहिले ३१ डिग्री बल्ल पुगेको छ’, उनले भनिन् ।

तापक्रम बढ्दै जानुमा मनसुनी वायु पश्चिमतर्फ बढ्न ढिलाइ भएको कारण भएको भन्दै मनसुनी वायु अगाडि सर्दा तापक्रम घट्ने उनको भनाइ छ ।

 ‘अहिले मनसुन कोशीमा नै बस्नुको कारण पश्चिम वायु अलिकति प्रबल भएकोले मनसुन वायुले पश्चिमी वायुलाई धकेलेर अगाडि बढ्न नसक्दा पानी नपरेको र गर्मी बढी भएको हो’, उनले भनिन् ।

उनका अनुसार नेपाल सब–ट्रपिकल जोनमा पर्छ, यो क्षेत्रमा बाह्रै महिना पश्चिमी वायु नै  हाबी हुन्छ । साथै आठ महिनासम्म वायु पश्चिमतर्फबाट पूर्वतर्फ बहन्छ । मनसुनी वायु बहने समयमा मात्रै वायु पूर्वबाट पश्चिमतर्फ बहने गर्छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ५३ बजे

भेनेजुएलाका मदुरो अमेरिकी आक्रमणको खतरामा आपतकाल घोषणा गर्न तयार

एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार अमेरिकी ‘आक्रमण’ को

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवा– गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी

बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

बैतडी– बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैं सुरक्षाका लागि प्रहरीको २४ सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा

दसैँमा सुनसान काठमाडौंका सडक (तस्बिरहरू) 

काठमाडौं– नेपालीको महान पर्व विजया दशमी (बडादसैँ) मा काठमाडौं उपत्यका