एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि  « Khabarhub

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । 

फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४०० भन्दा बढी आवेदकहरू रहेका थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका थिए । यसरी छानिएका टोलीहरूले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ पहल प्रस्तुत गरेका थिए । 

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको आफ्नो नविन सोलुसन्स/समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका छ । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी रहेका छन् ।

त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात दोस्रो स्थान प्राप्त गर्‍यो । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए  ।

सेकेन्ड रनर अफ अर्थात तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम सोर्स कोडले हासिल गरेको थियो । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ । 

कार्यक्रमको समापन समारोहमा उपस्थित वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाललाई यस्तै स्थानीय स्तरमा आधारित नविन सोलुसन्सहरु आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दा मात्र होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाहरूले समाधानको सम्भावना देखाएका छन् ।’

‘एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्ताहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ,’ एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले यस कार्यक्रमबारे आफ्ना भनाई राख्दै भनिन् ।

खालिसीसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भनिन्, ‘हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यवहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्ताहरूलाई सशक्त बनाउनु पनि हो।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : ४५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका