सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस « Khabarhub

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको न्यायपरिषद्को बैठकले एकजना वरिष्ठ अधिवक्ता र दुईजना उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायाधीशको सिफारिसमा परेका बरिष्ठ अधिवक्ता मेघराज पोखरेल (प्रमाणपत्र नम्बर ५४८) उमेरले ५८ वर्ष पुगेका छन् । उनी २०२४ सालमा जन्मेका हुन् ।

त्यसैगरी अर्का न्यायाधीश श्रीकान्त पौडेल ५९ वर्ष पुगेका छन् । ०२३ सालमा जन्मेका पौडेल ०५० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् ।

त्यस्तै, सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकी ६० वर्षीया शान्ति सिंह थापा न्याय सेवामा ०७० जेठ २७ बाट प्रवेश गरेकी हुन् ।

तीनै जनाको नाम न्याय परिषदले संसदीय सुनुवाई समितिमा पठाएको छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट उनीहरु न्यायाधीश नियुक्तिका लागि योग्य ठहरिने छन् ।

संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० न्यायाधीश रहन्छन् । हाल सर्वोच्चमा प्रधानन्यायधीशसहित १७ जना न्यायाधीशहरु कार्यरत छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०१ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण