अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा « Khabarhub

अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभाका एकजना सदस्यसहित १५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दाय गरेको छ ।

अख्तियारले लुम्बिनी/डी एण्ड एन जेभी तथा डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दिपेद्रकुमार ठाकुर र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । ठाकुर हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य रहेका छन् ।

धनुषाको औरही गाउँपालिकाले १५ शय्याको अस्पताल बनाउने क्रममा बोलपत्र आह्वानदेखि नै भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा लगेको हो ।

आयोगका अनुसार, धनुषाको औरही गाउँपालिका–२ मा निर्माण हुने १५ शैय्याको प्राथमिक अस्पताल निर्माणसम्बन्धी करिब २४ करोड ४३ लाखको लागत अनुमान गरिएको ठेक्कामा बोलपत्र प्रक्रियामा अनियमितता गरिएको भेटिएको छ।

बोलपत्रमा मुख्य कार्यविधि नै हेरफेर गरेर म्याद थप गरिँदा केही सीमित कम्पनीलाई मात्र लाभ पुग्ने गरी व्यवस्था गरिएको भेटिएको छ। सस्तो मूल्यमा बोलपत्र पेश गरेका प्रतिस्पर्धीलाई प्राविधिक मूल्याङ्कनमा अयोग्य देखाई ठेक्का बढी मूल्यमा अन्य कम्पनीलाई दिइएको पाइएको अख्तियारले जनाएको छ।

ठेक्का प्रक्रियामा बोलपत्र मूल्याङ्कनका आधार अन्तिम मितिमा परिवर्तन गरी प्रतिस्पर्धालाई असफल बनाउने नियत देखिएको आयोगले जनाएको छ। यसैगरी, बोलपत्रदाता छनोटमा विधिको उल्लङ्घन गरी ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा बराबरको राज्यकोषलाई हानी पुगेको आयोगको दाबी छ।

प्रमुख प्रतिवादी ठाकुरसहित लुम्बिनी/डी एण्ड एन. जेभी तथा मूल्याङ्कन समितिमा संलग्न कर्मचारीहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतिको हिनामिना, हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेश प्रदेशका प्रदेश सभा सदस्य ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा रहेको छ ।

सूचना अधिकारी रेग्मीले प्रतिवादीहरूलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १६ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा