घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु « Khabarhub

घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १५ वर्षीया निर्मला कुमालको करेन्ट लागेर मृत्यु भएको हो । 

मिति २०८२ जेठ २६ गते साँझ अन्दाजी ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीको पिपलको रुखमा घाँस काट्ने क्रममा उनी विद्युत्को मेन लाइनमा छुन पुगेकी थिइन् ।

करेन्ट लागेर गम्भीर घाइते भएकी निर्मलालाई तत्कालै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो। तर, सोही दिन साँझ ८:१० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
 
प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १६ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्