घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु « Khabarhub

घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १५ वर्षीया निर्मला कुमालको करेन्ट लागेर मृत्यु भएको हो । 

मिति २०८२ जेठ २६ गते साँझ अन्दाजी ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीको पिपलको रुखमा घाँस काट्ने क्रममा उनी विद्युत्को मेन लाइनमा छुन पुगेकी थिइन् ।

करेन्ट लागेर गम्भीर घाइते भएकी निर्मलालाई तत्कालै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो। तर, सोही दिन साँझ ८:१० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
 
प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १६ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा