विश्वमै लामो दूरी छिचोल्ने रेल पुनः चलाइने « Khabarhub

विश्वमै लामो दूरी छिचोल्ने रेल पुनः चलाइने


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा ल्याइने भएको छ ।

रूसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत यो रेल सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको छ ।

प्योङयाङ–मस्को मार्ग, जुन हाल विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो, हरेक महिना दुईपटक सञ्चालन गरिनेछ । यो यात्रामा १० हजार किलोमिटरभन्दा बढी दूरी तय हुनेछ र यात्रा पूरा गर्न लगभग आठ दिन लाग्ने अनुमान छ ।

कोभिड-१९ महामारीका कारण २०२० को फेब्रुअरी देखि स्थगित गरिएको यो रेल सेवा अब पुनः संचालनमा आउँदा, यात्रीहरूलाई एक ठूलो सुविधा प्राप्त हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट