पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ « Khabarhub

पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गरेको छ । उक्त पार्टीले यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो सङ्कटको प्रमाण भनेको छ ।

पीटीआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले पत्रकार सम्मेलनमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले मुद्रास्फीति, गरिबी र स्थिरतालाई नियन्त्रण गर्न सत्ताधारी गठबन्धनको असक्षमतालाई उजागर गर्दै आर्थिक प्रतिवेदन ‘माफी माग्ने तरिकामा’ प्रस्तुत गरेको बताए ।

उनीहरूले तीन वर्षमा तीन करोड पाकिस्तानी गरिबीको रेखामुनि धकेलिएको दाबी गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले बताएको छ ।

यसअघि पीटीआईको छ दशमलव पाँच प्रतिशतको वृद्धिदरको आलोचना गर्नेहरूले अहिले आफ्नो ‘सबैभन्दा खराब’ प्रदर्शनको रक्षा गरिरहेको अकरमले बताए ।  राष्ट्रपति आसिफ अली जर्दारीले सार्वजनिक समस्या समाधान गर्ने वाचा गरे पनि गरिबी मात्र बढेको उनले बताए ।

तीन वर्षमा वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा झरेको र बिजुलीको बिल तिर्न नसक्ने भएकाले धेरै नागरिकहरू सौर्य ऊर्जा अपनाउन बाध्य भएको पनि उनको भनाइ थियो । उनका अनुसार मुद्रास्फीति ११ दशमलव पाँच प्रतिशतमा उच्च रहेको छ, जसले सरकारको सुधारको दाबीलाई खण्डन गर्छ ।

अयुबले सरकारको कृषि नीतिहरूको आलोचना गर्दै आधारभूत क्षेत्रहरू पनि घटेको बताए । “सबै बालीले नकारात्मक वृद्धि देखाए, तर गधाहरूको जनसङ्ख्या बढेको छ”, उनले टिप्पणी गरे ।

पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कलाई उद्धृत गर्दै उनले सन् २०२२ मा ५० हजारको मूल्य घटेर २० हजार आठद सय ३३ रुपैयाँ पुगेको र चियाको मूल्य ७४ प्रतिशतले बढेको बताए ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : २२ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको