भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयार « Khabarhub

भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयार


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयारी अवस्थामा रहेका छन ।

उनलाई ‘एक्सियोम–४’ मिशनअन्तर्गत जुन १० मा अन्तरिक्ष यात्राका लागि लन्च गरिने भएको छ । यस मिशनमा उनका साथमा चालक दलका अन्य तीन व्यक्तिहरू जानेछन । जहाँ उनीहरूले पृथ्वीको अचम्म र शक्तिशाली जीव टार्डिग्रेड अर्थात जल भालु पनि साथमा लैजानेछन् ।

खासमा तिनीहरूको आकार यति सानो छ कि तिनीहरू नाङ्गो आँखाले देख्न सकिदैन् तर माइक्रोस्कोप मार्फत मात्र देख्न सकिन्छ ।

यसलाई टार्डिग्रेड वा ‘सानो पानी भालु’ पनि भन्छौं । भारतीय वायु सेनाका पाइलट शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भ्रमण गर्ने पहिलो भारतीय नागरिक बन्न लागिरहेका छन् ।

यो मिसन एक्जिएम स्पेसको एक्जिएमः ४ मिसन अन्तर्गत प्रक्षेपण गरिन लागिएको हो । यो निजी अन्तरिक्ष उडानलाई जुन १० मा नासाको केनेडी स्पेस सेन्टरबाट स्पेक्स एक्सको क्रु ड्रयागन सि–२१३ मार्फत प्रक्षेपण गरिनेछ । चार सदस्यको यो टोलीले यस मिसनमा ६० वटा प्रयोग गरिने छन् । यी मध्ये एउटा प्रयोग टार्डिग्रेडमा पनि गरिने छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २४ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती