भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयार « Khabarhub

भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयार


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयारी अवस्थामा रहेका छन ।

उनलाई ‘एक्सियोम–४’ मिशनअन्तर्गत जुन १० मा अन्तरिक्ष यात्राका लागि लन्च गरिने भएको छ । यस मिशनमा उनका साथमा चालक दलका अन्य तीन व्यक्तिहरू जानेछन । जहाँ उनीहरूले पृथ्वीको अचम्म र शक्तिशाली जीव टार्डिग्रेड अर्थात जल भालु पनि साथमा लैजानेछन् ।

खासमा तिनीहरूको आकार यति सानो छ कि तिनीहरू नाङ्गो आँखाले देख्न सकिदैन् तर माइक्रोस्कोप मार्फत मात्र देख्न सकिन्छ ।

यसलाई टार्डिग्रेड वा ‘सानो पानी भालु’ पनि भन्छौं । भारतीय वायु सेनाका पाइलट शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भ्रमण गर्ने पहिलो भारतीय नागरिक बन्न लागिरहेका छन् ।

यो मिसन एक्जिएम स्पेसको एक्जिएमः ४ मिसन अन्तर्गत प्रक्षेपण गरिन लागिएको हो । यो निजी अन्तरिक्ष उडानलाई जुन १० मा नासाको केनेडी स्पेस सेन्टरबाट स्पेक्स एक्सको क्रु ड्रयागन सि–२१३ मार्फत प्रक्षेपण गरिनेछ । चार सदस्यको यो टोलीले यस मिसनमा ६० वटा प्रयोग गरिने छन् । यी मध्ये एउटा प्रयोग टार्डिग्रेडमा पनि गरिने छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक