ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण « Khabarhub

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई आक्रमण गरेको जनाएको छ। विभिन्न सहरमा गरी ७२८ ड्रोन तथा १३ क्रुज या बिलास्टिक मिसाइल प्रहार भएका हुन्।

युद्ध अन्त्य गरेर शान्ति स्थापनाका लागि बारम्बार प्रयास भइरहेको समयमा यो आक्रमण भएकोमा युक्रेनले रुसको निन्दा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउन तथा किभमा अझ धेरै हतियार पठाउने धारणा राखेपछि यो आक्रमण भएको हो।

मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिको गतिविधिले आफूलाई निराश बनाएको बताउँदै आएका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि रुस र युक्रेनका नेता बीचमा बारम्बार सम्पर्क भए पनि शान्ति स्थापना गर्न असफल भएका छन्।

गत साता पनि रुसी राष्ट्रपतिसँगको फोन वार्ता पछि उनले आफू अत्यन्त दुःखी भएको बताएका थिए। पुटिन मान्छे मार्न मात्र सक्रिय भएको आरोप ट्रम्पको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : ३० बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ