हुती विद्रोहीले लाल सागरमा डुबाइदिए एउटा जहाज, चालक दलका सदस्यको अपहरण « Khabarhub

हुती विद्रोहीले लाल सागरमा डुबाइदिए एउटा जहाज, चालक दलका सदस्यको अपहरण


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

साना- यमनका इरानसमर्थित हुती विद्रोहीले एक मालवाहक जहाजमा आक्रमण गरी लाल सागरमा डुबाइदिएका छन्। आक्रमणमा चालक दलका केही सदस्यको मृत्यु भएको छ भने केहीलाई अपहरण गरिएको छ।

‘यूके म्यारीटाइम ट्रेड अपरेशन्सका अनुसार लाइबेरियाली झण्डा बोकेको ‘इटरनिटी सी’ नामक मालवाहक जहाजमा २५ जना चालक दलका सदस्य सवार थिए।

सोमबार एक सानो डुंगाबाट प्रक्षेपित रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी) हमलामा जहाज गम्भीर रूपमा क्षतिग्रस्त भई सञ्चालन क्षमता गुमाएको थियो ।

हुती विद्रोहीले जहाज इजरायल जाँदै गरेको आरोप लगाउँदै आक्रमण गरेको थियो । उनीहरूले जहाजमा रहेका चालक दलका केही सदस्यहरूलाई बन्धक बनाएका छन्।

यमनस्थित अमेरिकी दूतावासले चालक दलका धेरै सदस्यहरूको अपहरण गरिएको पुष्टि गर्दै तिनको तत्काल रिहाइको माग गरेको छ।

युरोपेली संघको नौसैनिक मिशन ‘अपरेसन एस्पाइड्स’ का अनुसार पहिला बेपत्ता ६ जना चालक दल सदस्यलाई उद्धार गरिएको छ । जसमा ५ जना फिलिपिनी र एकजना भारतीय नागरिक छन्। अन्य १९ जना अझै बेपत्ता छन्।

हुती विद्रोहीले एक साताको अन्तरमा यो दोस्रो मालवाहक जहाज डुबाएका हुन्। यसअघि ‘म्याजिक शिप’ नामक जहाजमा मिसाइल र ड्रोनबाट हमला गरेर डुबाइएको थियो।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  २ : ४५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६