मुलुकको अर्थतन्त्र चालु वर्षमा ४ खर्बले बढ्यो, पुग्यो ६१ खर्ब « Khabarhub

मुलुकको अर्थतन्त्र चालु वर्षमा ४ खर्बले बढ्यो, पुग्यो ६१ खर्ब


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरू सकारात्मक रहेको जनाएको छ । 

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । राजस्व यो वर्ष १ खर्ब ८ अर्बले र पुँजीगत खर्च ३६ अर्बले बढेको पनि मन्त्रालयले सार्वजनिक गरेको सुचीमा उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयले बिहीबार अर्थतन्त्रसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुगेकोसमेत दाबी गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अधिकांश सूचकहरूमा सुधार आएकोसमेत जनाएको हो ।

जसअनुसार यातायात, निर्माण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन, विद्युत् तथा ग्याँस, व्यापार, बैंक तथा बिमा, उद्योग, खानी, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, वैज्ञानिक सेवा, आवास तथा भोजनलगायतका क्षेत्र सकारात्मक बनेको मन्त्रालयको भनाइ छ ।  
  
यसैगरी, रेमिट्यान्समा १५.५ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । आयात पनि चालु आर्थिक वर्ष १३.१ प्रतिशतले बढेको उल्लेख गर्दै मन्त्रालयले निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ४ : १६ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१