एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित  | Khabarhub Khabarhub

एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा डेंगु संक्रमितको सङ्ख्या १ हजार ८ सय ९० पुगेको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । 

डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी (३१ जना) संक्रमित थपिएका छन् भने बागमतीमा २३, लुम्बिनीमा १५, कोशीमा ७, सुदूरपश्चिम ७ र मधेश प्रदेशमा ३ जना डेंगु संक्रमित भएका महाशाखाले जनाएको छ । 

सफा पानी जम्मा भएको भाँडो वा ठाउँमा हुर्कने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण हुने भएकाले घर वरिपरि पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : २२ बजे

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता

काठमाडौं– काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ ।

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले