४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ « Khabarhub

४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ,  ३६ वर्षीय जीवन प्रजा र ३८ वर्षीय सुमन चेपाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरमा लागूऔषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कोटेश्वरस्थित एक घरमा डेरा गरी बस्ने सुमन चेपाङको कोठाबाट ४० किलोग्राम लागूऔषध गाँजा (पोलेन), १ लाख २५ हजार रुपैयाँ नगद र अन्य दसीका सामानहरूसहित बुधबार पक्राउ गरेको हो । 

उनीहरूका साथबाट १५० र २२० पल्सर दुई मोटरसाइकल र ३ थान मोबाइल पनि बरामद गरेको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ४७ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण