हमासले भन्यो : इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव | Khabarhub Khabarhub

हमासले भन्यो : इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास)ले बताएको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ ।

दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् र संयुक्त राज्य अमेरिकाले आगामी दिनमा ६० दिनको युद्धविराम हुनेमा आशावादी रहेको बताएको छ ।

गाजामा सहायताको स्वतन्त्र प्रवाह र इजरायली सैन्य गतिविधिको अन्त्य हुनुपर्ने र यो नै स्थायी शान्तिको लागि ‘वास्तविक सुनिश्चतता’ को लागि आफ्नो मागको रहेको हमासले बताएको छ ।

हमासका वरिष्ठ अधिकारी बासेम नइमले बिहीबार एएफपीसँग भने, “हामी हाम्रो भूमिमाथिको कब्जालाई निरन्तरता दिने र इजरायलको नियन्त्रणमा रहेका एकान्त इलाकाहरूमा हाम्रा मानिसहरूले आत्मसमर्पण गरेको स्वीकार गर्न सक्दैनौँ ।”

“दोहामा जारी वार्ताको वर्तमान चरणमा वार्ता टोलीले अहिलेसम्म यही कुरा प्रस्तुत गरिरहेको छ,” उनले भने ।

हमासले इजिप्टको सिमानामा रहेको राफा र दक्षिणी शहर र खान युनिसको बीचमा रहेको तथाकथित मोराग करिडोरमा इजरायलको नियन्त्रणको विरोध गरेको उनले बताए ।

नइमले अमेरिका र इजरायलसमर्थित समूहले हाल प्रदान गर्दै आएको सहायताको अन्त्य गर्न चाहेको पनि बताएका छन् ।

बिहीबार मध्य गाजाको देइर अल–बलाहस्थित एक मेडिकल प्वाइन्टमा इजरायली आक्रमणमा परी आठ बालबालिकासहित १७ जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ८ : २६ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी