पार्टी हितविपरीत काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत « Khabarhub

पार्टी हितविपरीत काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी विरुद्ध गतिविधिमा संलग्न भएको भन्दै देशभरका २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई अबदेखि पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न औपचारिक चेतावनी दिइएको उल्लेख गरिएको छ।

समितिका अनुसार २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेका कार्यकर्तामध्ये कैलालीका २ जना, डोल्पाका १० जना, सल्यानका ११ जना, दैलेख, खोटाङ र धनुषाका १–१ जना गरी जम्मा २६ जनालाई सचेत गराउने निर्णय गरिएको हो।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, प्राप्त अन्य उजुरीहरू अझै पनि छानबिनको प्रक्रियामा रहेका छन्।

त्यसैगरी, निर्वाचनमा पार्टी वा पार्टीद्वारा समर्थन प्राप्त उम्मेदवारविरुद्ध स्वतः उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेर विधानविपरीत कार्यमा संलग्न भएका कारण स्वतः निष्कासनमा परेका व्यक्तिहरूले आफूविरुद्धको कारबाही फुकुवा गर्न पुनरावेदन दर्ता गराएका छन्।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १० : १० बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख