आज २०८२ साल साउन २५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २५ गते आइतबारको राशिफल


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा पर्व। तदनुसार सन् २०२५ अगष्ट १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा भाग्यको उदय हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ।

मिथुन : दिन राम्रो छ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट : दिन सामान्य छ। आफन्तले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। ठुलाको सम्मान गर्न सके सोचेको काम बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीले आक्रमण गर्ने हुँदा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शनिको प्रभावले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। श्रम शोषण गर्नेको संख्या बढेको छ। अप्रिय कुरा सुन्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा भने अग्रजको साथ मिल्नेछ। परिवाभित्र गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मनमा हौसला बढ्नेछ। ठुला व्यक्तिसँगको भेटले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने हुनसक्छ। परिवारमा खुशी साट्ने अवसर प्राप्त होला।

वृश्चिक : दिन सामान्य छ। आफ्नो कामप्रति असन्तुष्टि बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

धनु : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। राम्रो बन्न मन लाग्नेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुँदा फाइदा होला। सामाजिक कामले तपाईंको नाम र दाम बढ्नेछ।

मकर : दिन राम्रो छ। डुब्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। विपक्षी विवादमा फस्दा तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। यात्रामा समस्या हुनेछ। समय र सम्पत्ति खर्च भए पनि सोचेको काम बन्ने छ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा गरेको प्रयाससफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ०५ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको