ख्याकुवाका एक सय ७५ घरमा खानेपानीको पहुँच  « Khabarhub

ख्याकुवाका एक सय ७५ घरमा खानेपानीको पहुँच 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो । 

उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एक सय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ । ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडाबाट स्कुलसम्मका बस्ती अब सुरक्षित र  खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो । 

कुल रु ८३ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी(नेवा)बाट रु ४२ लाख ४१ हजार ७००, पनौती नगरपालिकाबाट रु १६ लाख ९१ हजार ४०० र उपभोक्ताको श्रमदानबाट रु २४ लाख १४ हजार ८०० खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

यसअघि गत हप्ता पनौती नपा–११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरी एक सय ९५ परिवारलाई पुनः खानेपानी उपलब्ध गराइएको थियो । बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिष्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।
 
बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर–एक धारा’ कार्यक्रममा जोडिएका हुन् । विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुर्‍याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ०५ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका