गाईजात्राले नेपालको परम्परा जगेर्ना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे « Khabarhub

गाईजात्राले नेपालको परम्परा जगेर्ना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आइतबार जारी गरेको शुभकामना सन्देशमा गाईजात्रा पर्वका अवसरमा विविधतामा एकता सुदृढ पार्न र शान्ति, करुणा तथा सांस्कृतिक गौरवमा आधारित समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् । 

‘सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘समा हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’

गाईजात्रा पर्व पावन अवसरमा देशभित्र र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना प्रकट गर्दछु । नेपालको सांस्कृतिक पात्रोमा विशेष स्थान ओगट्ने यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र एकता कायम गर्ने सन्देश दिएको छ । 

“काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका सहरहरूमा यस दिन सडकहरू रङ्गीन झाँकी, सजाइएका रथ, घिन्ताङ घिसीजस्ता परम्परागत नृत्य तथा सामाजिक र राजनीतिक टिप्पणीयुक्त हास्यव्यङ्ग्यले भरिपूर्ण हुन्छन्”, सन्देशमा भनिएको छ, ‘यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको छ ।’

ऐतिहासिक दृष्टिले गाईजात्राको परम्परा १७औँ शताब्दीमा राजा प्रताप मल्लको शासनकालमा सुरु भएको हो । आफ्ना पुत्रको असामयिक निधनले दुःखी भएकी रानीलाई सान्त्वना दिने र आफ्ना प्रियजन गुमाएका परिवारलाई सामूहिक रूपमा सम्झने अवसर दिने उद्देश्यले राजाले यो परम्परा प्रारम्भ गरेका थिए । समयक्रममा यस पर्वले विगत वर्षभित्र दिवङ्गत भएका आफ्ना प्रियजनहरूको स्मरण गर्ने र जीवनलाई हास्य, सङ्गीत र मेलमिलापसहित आत्मसात् गर्ने अवसरको रूप लिएको छ ।
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४२ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका