मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप « Khabarhub

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

सो संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको यही साउन २७ गते मंगलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ । उक्त बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ ।

यसैगरी, सो बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरू श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् ।

यसैगरी, सो बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ०५ बजे

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम