रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील | Khabarhub Khabarhub

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ ।

तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा उक्त परिमाणको मल उपलब्ध रहेको तथा आवश्यक बिक्री वितरणको व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । 

खेतीपातीको समयमा रासायनिक मल सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयले आवश्यक पहल र प्रयत्न गरिरहेको मन्त्रालयले जनाएको छ । सोहीअनुसार कृषि सामग्री कम्पनीमा कुल २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । त्यसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी सात हजार ६५३ मेट्रिक टन तथा पोटास चार हजार ९१५ मेट्रिक टन मौज्दातमा छ । 

त्यसैगरी, साल्ट टे«ड्रिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । त्यसमध्ये युरिया १० हजार ९८४ मेट्रिक टन, डीएपी नौ सय ४२ मेट्रिक टन, पोटास एक हजार ७८५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवका लागि ६ लाख मेट्रिक टन मलको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट व्यवस्थापन गरिएको छ । हालसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।
 
त्यसैगरी, मार्गस्थ अवस्थामा रहेको रासायनिक मल एक लाख ४० हजार ५०४ मेट्रिक टन रहेको छ । सोमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट ट्रेडिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ । गत आवको ३० हजार ९८३ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डीएसपी १० हजार ४४८ मेट्रिक टन र पोटास छ सय ११ मेट्रिक टन छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार किसानले सहज रूपमा रासायनिक मल पाउने गरी सरकारको तर्फबाट आवश्यक पहल भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ३३ बजे

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

आडिस आबाबा – अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन्