रौतहटबाट पाँच करोड ७४ लाख बराबरको सामान बरामद | Khabarhub Khabarhub

रौतहटबाट पाँच करोड ७४ लाख बराबरको सामान बरामद


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रौतहट– सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१-८२ मा  पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘गत आवमा मात्रै दुई करोड ३१ लाख ४७ हजार मूल्य पर्ने स्कारपियो गाडीदेखि साइकलसम्मका सवारिसाधन बरामद गरेका छौँ’, उनले भने, ‘सोही अवधिमा दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ ।’ 

सशस्त्र प्रहरीका अनुसार गत आवमा एक-एक थान स्कारपियो र सफारी गाडी बरामद गरिएको छ । 

त्यसैगरी, एक-एक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ । सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले गत आवमा स्रोत नखुलेका रु ४८ लाख १७ हजार ११० रकम बरामद गरेको पनि जानकारी दिए ।

त्यस्तै, सोही अवधिमा स्रोत नखुलेका नौ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ । सशस्त्र प्रहरीले गत आवमा ६९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार गत आवमा ४०६ कार्टुन अर्थात् रु पाँच लाख ५१ हजार ८२५ मूल्यको मदिरा बरामद गरिएको छ । सोही अवधिमा ८५० किलोग्राम माछा, एक हजार २४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैँसी र पाडापाडी पनि बरामद गरिएको छ ।  

त्यस्तै, रौतहट जिल्लास्थित सशस्त्र प्रहरीबलले चार लाख तीन हजार ५६ मूल्यका पटकासमेत बरामद गरेको जनाएको छ । दक्षिणी सीमानाकामा पाँच वटा ‘बोर्डर आउटपोष्ट’ रहेको रौतहटमा अरु आठ वटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी पूरा गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १२ : २५ बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना