इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न « Khabarhub

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा परिचिति फुटबलर सुलेमान अल-ओबैदको मृत्युको वास्तविकताबारे उल्लेख नगरेको भन्दै युरोपेली फुटबल महासंघ (युईएफए) को कडा आलोचना गरेका छन्।

४१ वर्षीय ओबैदको मृत्यु बुधबार गाजामा इजरायली सेनाले ‘दक्षिणी गाजामा मानवीय सहायता लिन प्रतीक्षा गरिरहेका मानिसहरूलाई लक्षित’ गर्ने क्रममा गोली हानेर हत्या गरेको थियो । राहतका लागि कुरिरहेका उनको इजरायली सेनाले गोली हानेर ज्यान लिएको जानकारी प्यालेस्टिनी फुटबल संघ (पीएफए) ले दिएको छ।

त्यसपछि उक्त घटनालाई लिएर युएफएले सामाजिक सञ्जाल एक्समा लेखेको थियो, ‘प्यालेस्टिनी पेले सुलेमान अल-ओबैदलाई बिदाइ। अन्धकारमय समयमै पनि असंख्य बालबालिकामा आशा जगाउने प्रतिभा ।’

यसमा प्रतिक्रिया जनाउँदै इजिप्टका स्ट्राइकर सालाहले युईएफएको कडा आलोचना गर्दै सोधेका छन्, ‘हामीलाई भन्न सक्नुहुन्छ, उनी कसरी, कहाँ र किन मरे?’

गाजा सहरमा जन्मिएका ओबैद विवाहित थिए । अहिले उनका पाँच सन्तान छन्। उनले प्यालेस्टाइनको तर्फबाट २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

सालाहले २०२३ अक्टोबरमा पनि विश्व नेताहरूलाई गाजामा मानवीय सहायता पुर्‍याउन एकजुट हुन आग्रह गर्दै ‘निर्दोष हत्या रोक्न’ अपील गरेका थिए।

प्यालेस्टिनी फुटबल संघका अनुसार २०२३ अक्टोबरमा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि सुरू भएको गाजा युद्धमा खेल र स्काउटिङ क्षेत्रका ६६२ जनाको मृत्यु भएको छ । जसमा फुटबल समुदायका ३२१ जना मारिएका छन्।

सालाह गत सिजन प्रिमियर लिगका शीर्ष गोलकर्तामा थिए । उनले आइतबार वेम्ब्लीमा हुने कम्युनिटी सिल्डमा क्रिस्टल प्यालेसविरुद्ध लिभरपुलको तर्फबाट खेल्ने तय भइसकेको छ।

पूर्व खदामत अल-शाती क्लबका स्टार ओबैदले आफ्नो लामो खेलजीवनमा १०० भन्दा बढी गोल गरेका थिए । जसले उनलाई प्यालेस्टिनी फुटबलका चम्किला तारामध्ये एक बनाएको थियो।

उनले वेस्ट बैंकको अल-आमारी यूथ सेन्टर क्लबबाट पनि खेलेका थिए, जुन सन् १९६७ देखि इजरायलको कब्जामा छ।

सन् २०१० मा वेस्ट बैंकमा खेल्दा ओबैदसहित गाजाका ६ खेलाडीलाई जोर्डन सीमामा रोकिएको थियो । त्यसबेला उनीहरू मोरिटानियामा हुने मैत्रीपूर्ण खेलका लागि जाँदै थिए।

इजरायली अधिकारीहरूले त्यतिबेला उनीहरूले विशेष अनुमति नवीकरण नगरेकाले प्रवेश रोकिएको बताएका थिए।

‘हामीलाई खेल यात्रा गर्न नदिइने खबर सुन्दा म निकै दुःखी भएँ, किनकि कुनै पनि खेलाडीले आफ्नो राष्ट्रिय टोलीको जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा उभिने सपना देख्छ,’ ओबैदले सन् २०१० मा एएफपीलाई भनेका थिए, ‘हामी चाहन्छौँ, संसारका अरू खेलाडीझैँ आफ्ना परिवारसँग स्वतन्त्र रूपमा यात्रा गर्न पाऊँ।’

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायलको आक्रमणबाट अहिलेसम्म कम्तीमा ६१,२५८ जनाको मृत्यु भएको छ । सन् २०२३ मा हमासको आक्रमणपछि इजरायलमा एक हजार २१९ जनाको मृत्यु भएको एएफपीको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ३२ बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत