मिस एण्ड मिसेस् युनिभर्सल सिजन ४ को आवेदन खुला, दोस्रो अडिसन असार ३१ गते « Khabarhub

मिस एण्ड मिसेस् युनिभर्सल सिजन ४ को आवेदन खुला, दोस्रो अडिसन असार ३१ गते


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने ‘मिस एण्ड मिसेस् युनिभर्सल सिजन ४’ को आवेदन खुला गरिएको छ । सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन असार ३१ गते हुने तय भएको छ ।

पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता अन्सु बर्मा, मिसेस् युनिभर्सल सिजन २ र ३ का विजेता निर्णायकका रूपमा उपस्थित थिए । प्रतियोगिताका अफिसियल कोरियोग्राफर अन्जल कुँवर रहेका छन् भने कार्यक्रम कोअर्डिनेटर अस्मिता राई (अमृता) हुन्।

आयोजकका अनुसार ग्राण्ड फिनाले असोज ३ गते नेपाल प्रहरी क्लबको हल, प्रदर्शनी मार्गमा भव्य रूपमा आयोजना हुनेछ । प्रतियोगिताले प्रतिभावान् महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर उपलब्ध गराउने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै स्पार्कल इन्टरटेनमेन्टका अध्यक्ष नितु श्रेष्ठले प्रतियोगिताले सहभागी महिलाको आत्मविश्वास, व्यक्तित्व र प्रतिभा विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ३९ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ