भारतीय सेनाको अर्को दाबी, अपरेशन सिन्दूर’मा ५ पाकिस्तानी लडाकु जहाज खसाल्यौँ « Khabarhub

भारतीय सेनाको अर्को दाबी, अपरेशन सिन्दूर’मा ५ पाकिस्तानी लडाकु जहाज खसाल्यौँ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

चेन्नई – भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले ‘अपरेशन सिन्दूर’ का क्रममा सरकारले सेनालाई पूर्ण स्वतन्त्रता दिएको बताएका छन्।

आईटीआई मद्रासमा ४ अगस्टमा ‘अग्निशोध’ – इन्डियन आर्मी रिसर्च सेल (आईएआरसी) को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कतै हामीले दुश्मनलाई शह–मात दिइरहेका थियौं, कतै जीवन जोखिममा पार्दै पनि पछि हटिरहेका थियौं। यही त जीवन हो’, उनले भनेका छन् ।

उनका अनुसार यो परिस्थितिलाई ‘ग्रे जोन’ भनिन्छ, जसको मतलब यो पारम्परिक अपरेशन होइन। उनले ‘अपरेशन सिन्दूर’ लाई योजनाबद्ध, गोप्य सूचनामा आधारित र भारतको आतंकवादविरुद्धको लडाइँमा नयाँ अध्याय भनेका छन् ।

जनरल द्विवेदीका अनुसार २५ अप्रिलमा उत्तरी कमानको भ्रमण गर्दै अपरेशनको योजना बनाइएको थियो।

यसमा पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मिरका ९ मध्ये ७ चरमपन्थी ठेगाना ध्वस्त पारिएको उनले बताए धेरै चरमपन्थी मारिएको पनि उनले दाबी गरे।

त्यसपछि २९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक भएको उनले बताए । ‘‘अपरेशन सिन्दूर’ भन्ने सानो नामले नै देशलाई एकजुट गरेर सबैलाई प्रेरित गर्‍यो’, उनले भने, ‘त्यसैले कतिपयले ‘किन युद्ध रोकेको?’ भनेर प्रश्न गरे, हामीले त्यसको जवाफ पनि दिएका छौँ।’

उता भारतीय एयरफोर्स प्रमुख एपी सिंहले अनुसार अपरेशन सिन्दूरका क्रममा पाकिस्तानका पाँच लडाकु विमान खसालिएको बताए।

३०० किलोमिटर टाढाबाट एक निगरानी विमान खसालिएको पनि उनले बताए । जुन काम सतहबाट हावामा हान्ने मिसाइलले गरेको उनले बताए । ‘यस अपरेशनमा एस-४०० एयर डिफेन्स प्रणाली गेम–चेन्जर सावित भयो । पाकिस्तानले यसलाई भेद्न सकेन।’

उता पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले शनिबार भारतीय वायुसेना प्रमुखको दाबीलाई अस्वीकार गर्दै यसलाई अविश्वसनीय र गलत समयमा गरिएको टिप्पणी भनेका थिए।

‘सीमामा भएको लडाइँमा भारतीय सेनाले ठूलो क्षति भोग्यो’, उनले भने । दुवै देशले आफ्ना विमानको वास्तविक संख्या स्वतन्त्र जाँचका लागि खुला गर्नुपर्ने पनि उनले सुझाव दिए।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २१ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई