झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन | Khabarhub Khabarhub

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता झलनाथ खनालबीच शनिबार पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ।

केही सातायता दुईजना नेताबीच जुहारी चलिरहेको छ । खनालले कार्यशैलीबारे प्रश्न उठाउँदा नेपालले निस्केर जानसमेत भनिसकेको छन् ।

खनालले २०७८ भदौमा नेकपा एमालेबाट छुट्टिएर बनेको समाजवादीले अहिलसम्म आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताइरहेका छन् ।

यस्तोमा अध्यक्ष नेपालले भने समाजवादी निर्माणको औचित्य पुष्टि भइसकेको, केपी ओलीले गरेको संसद् विघटन पनि बदर भएको बताउँदै खनालले जथाभावी बोलेको आरोप लगाइरहेका छन् ।

अध्यक्ष नेपालले खनाललाई एमालेमै फर्किएर केपी शर्मा ओलीको सेवा गर्न भनिरहेका छन् । उता खनालले पनि संकिर्णता बोकेर पार्टी नचल्ने बताउँदै नेतृत्व छाड्न नेपाललाई भनिरहेका छन् ।

दुई नेताबीचको विवादले पार्टीमा कलह बढेर फुटको अवस्थामा पुगेपछि दोस्रो तहका नेताहरू सक्रि भएका हुन् । शनिबार दोस्रो तहका नेताहरू राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल र घनश्याम भुसालले यी दुई नेतालाई आलोकनगरमा भेट गराए । पार्टी केन्द्रीय कार्यालयमा भएको भेटपछि खनालले आफू खिन्न भएको टिप्पणी गरे ।

नेपालप्रति आगो ओकलिरहेका खनालले अध्यक्षसँग भेट्नु नै ठूलै उपलब्धि भएको बताएका छन् । उनले नेपालसँगको भेटबारे कटाक्ष गर्दै यसैलाई आफूले ठूलो उपलब्धि ठानेको पनि उल्लेख गरेका छन् । आलोकनगर भेटमा अहिले पार्टीमा देखिएको समस्या समाधानका लागि अध्यक्ष नेपालले कुनै कुरा नगरेको पनि खनालले बताएका छन् ।

‘आलोकनगरमा गएर अध्यक्षसँग भेट्दा सामान्य गफगाफबाहेक केही पनि भएन । उहाँलाई मैले केही कुरा सोधेँ, त्यसपछि उहाँलाई लागेको कुरा लम्बेतान सुनाउनु भयो’, उनले भने, ‘उहाँले पार्टीमा देखिएको समस्या समाधानबारे कुरै गर्नु भएन। उहाँका कुरा सुनेर नै मैले ४० मिनेट बिताएँ । उहाँका कुरा एकोहोरो सुनाएर जानकपुरतिर जानु भयो ।’

अध्यक्ष नेपालले भेटमा फेरि बसे‍र अझै कुरा गर्ने बताएको पनि खनालले जानकारी दिए । खनालले भेटलाई नै ठूलो उपलब्धिका रुपमा व्याख्या गरे । दुईजनाबीच छलफल गर्दै, करा गर्दै, मन माझामाझ गर्दै जाने दिशामा कुरा भएको पनि खनालले बताएका छन् ।

समाजवादीमा देखिएको तीव्र विवादबीच भर्खरै तेस्रो वरीयतासहित प्रवेश गरेका वामदेव गौतम तानातानमा परेका छन् । जिम्मेवारी नदिएर समस्यामा पारेको गुनासो गरिरहेका वामदेव र झलनाथबीच शनिरबा डल्लुमा संवाद भएको छ । अध्यक्ष नेपालसँगको तानातानबीच खनालले गौतमलाई बोलाएर भेट्नुलाई अर्थपूर्ण भनिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : ४९ बजे

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाईजात्रा (तस्बिरहरू)

काठमाडौं– यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि आइतबार गाईजात्रा मनाएका छन्

एजी एक्सप्रेसको कार्यालयमा चोरी

काठमाडौं– कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको

सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्यायो ‘गुनासो व्यवस्थापन केन्द्र’

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न

विपत्तिले छेक्दै विकासको बाटो : खुम्चिँदै स्तरोन्नितको थ्रेसहोल्ड

काठमाडौँ – ‘थ्रेसहोल्ड ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय

वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू)

काठमाडौं– नेवार समुदायले देशभर गाईजात्रा पर्व मनाइरहेका छन् । भाद्र