सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली « Khabarhub

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धितिर जोड्नुपर्ने बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले वन तथा वातावरण विभागले आइतबार आयोजना गरेको ‘सामुदायिक वनको अवस्था: चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सामुदायिक वनबाट समुदायलाई लाभ पुग्नुका साथै मुलुकको समृद्धितर्फ जोड्नुपर्ने धारणा राखे । 

‘अब सामुदायिक वनले सिङ्गो वनजङ्गललाई संरक्षण गर्दै समृद्धिमा जोड्नुपर्दछ’, उनले भने, ‘सरकार र सामुदायिक वन उपभोक्ता समितिबीचको सहकार्य र समन्वयमा वन सम्पदालाई समृद्ध गर्नुपर्दछ ।’ उनले प्राकृतिक स्रोतमा राष्ट्रको स्वामित्वमा हुनुपर्ने बताउँदै त्यो स्वामित्वबाट जनताले लाभ पाउनुपर्नेमा जोड दिए । 

उपमहासचिव ज्ञवालीले सामुदायिक वनमा सरकार र स्थानीय समुदायको स्वामित्वमा सम्झौता नहुने बताउँदै दाउरा र स्याउला बान्नेलाई बिस्तारै बिजुली र ग्यासमा बाल्नेतर्फ रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले सामुदायिक वनबाटै समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने भन्दै निजी क्षेत्रसँग साझेदारी गरेर सामुदायिक वनको उत्थानमा लाग्नुपर्ने धारणा राखे ।

सामुदायिक वनबाट कार्बन व्यापार गर्न सकिने धारणा राख्दै उनले भने, ‘दाउरा र घाँसपात पाइन्छ भनेर समुदायले वन जोगाएका हुन् । कार्बन व्यापारले संयुक्त राष्ट्रसङ्घबाट प्राप्त हुने पैसा पनि आउँछ भनेर समुदायलाई उत्प्रेरणा दिन सक्नु पर्दछ ।’ 

उनले सामुदायिक वनले समुदायको सहभागिता, विश्व वातावरणमा सन्तुलन, नागरिकको जीवनस्तर उकास्ने काम गरेकाले असाधारण योगदान रहेको चर्चा गरे । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले सामुदायिक वनका उपभोक्तालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । 

‘विकसित देशहरू हरेक विषयलाई आर्थिकसँग जोड्ने गरेकाले धनी भएका हुन्’, उनले भने, ‘हिजो स्वयंसेवकका रूपमा सामुदायिक वनलाई जोगाउनेहरूले अब सशक्त हुँदै आर्थिक रूपमा समृद्ध बन्दै जानुपर्छ ।’

राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले सामुदायिक वनलाई संरक्षण गरिसकिएकाले आगामी दिनमा फाइदा लिनुपर्ने बताए । उनले समुदायलाई लाभान्वित हुनेगरी सामुदायिक वनबाट वस्तु उत्पादनतर्फ समुदायलाई जोड्नुपर्नेमा जोड दिए । 

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले समाजवादको प्रवेश बिन्दु सामुदायिक वन भएकाले यसबाट अब उत्पादन हुने कार्य गर्नुपर्ने बताए । 

उनले सामुदायिक वनमा गरिबीदेखि धनी सबै पर्ने भन्दै समाजवादको आधार सामुदायिक वनको विकास र विस्तार गर्दै जानुपर्ने बताए । उनले सामुदायिक वनलाई ‘मर्ज’ गर्ने नीति सरकारले ल्याउन लागिएको भन्दै वनलाई मर्ज गर्न नहुने धारणा राखे । 

प्रगतिशील वन प्राविधिक सङ्घमा उपाध्यक्ष मञ्जु घिमिरेले सामुदायिक वनलाई काठ, दाउरा, घाँसका रूपमा नभई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताइन्  ।  

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ३ : ४३ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक