केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा « Khabarhub

केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा तीन ठूला दलका प्रमुख नेताहरूले सन्न्यास लिए आफू सबैभन्दा बढी खुसी हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले तीन नेताले राजनीतिबाट सन्न्यास लिनुपर्ने बताएका हुन् ।

‘म के कुरामा सहमत छु भने नेपालको राजनीतिक दलका नेतृत्वसँगको यति ठूलो वितृष्णा छ, त्यो वितृष्णाले गर्दा आमरूपमा दलसँगै सबै मानिसलाई रिस उठेको छ,’ थापाले कार्यक्रममा भने, ‘खासगरी युवाहरूलाई बढी रिस उठेको छ।’

उनले अहिले चलिरहेको गाईजात्रा कार्यक्रमको प्रसंग झिक्दै ‘नेपालमा तीनटा नेताहरूको कार्यालय बन्द गर्‍यो भने अहिलेको समस्याको समाधान हुन्छ’ भनेर व्यंग्य गरेको सुनेको पनि बताए ।

‘नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष श्रद्धेय केपी शर्मा ओली र माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिनबाट राजनीतिबाट सन्न्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा बढी खुसी हुन्छु,’ थापाले भने।

आफू अझै पनि तीनजना नेताहरूले संन्यास लिनुपर्छ भन्नेमा दृढ रहेको उनले बताए। ‘उहाँहरूप्रति ममा एकदम ठूलो रेस्पेक्ट छ। मैले फेरि उहाँहरूलाई अन्डरभ्याल्यू गरेको होइन। उहाँहरूले नेपाललाई ठूलो योगदान दिनुभएको छ, गुण लगाउनु भएको छ’, उनले भने ।

नेपालको राजनीति अहिले डेलिभरी गर्न नसक्ने अवस्थामा पुगेकै कारण वितृष्णा बढेको महामन्त्री थापाले दाबी गरे। ‘त्यसको ठूलो कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ। संसारभरको लोकतन्त्रमा यस्तो हुँदैन,’ उनले भने।

थापाले अहिले संसद्मा गएको भूमि विधेयकमा आफू सबैभन्दा ठूलो संशोधन प्रस्तावकर्ता रहेको पनि बताएका छन् । उनले अहिलेकै अवस्थामा भूमि विधेयक पास भएमा यसले ठूलो समस्या ल्याउने भएकाले संशोधनन हालिएको थापाले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : २३ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक