केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा « Khabarhub

केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा तीन ठूला दलका प्रमुख नेताहरूले सन्न्यास लिए आफू सबैभन्दा बढी खुसी हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले तीन नेताले राजनीतिबाट सन्न्यास लिनुपर्ने बताएका हुन् ।

‘म के कुरामा सहमत छु भने नेपालको राजनीतिक दलका नेतृत्वसँगको यति ठूलो वितृष्णा छ, त्यो वितृष्णाले गर्दा आमरूपमा दलसँगै सबै मानिसलाई रिस उठेको छ,’ थापाले कार्यक्रममा भने, ‘खासगरी युवाहरूलाई बढी रिस उठेको छ।’

उनले अहिले चलिरहेको गाईजात्रा कार्यक्रमको प्रसंग झिक्दै ‘नेपालमा तीनटा नेताहरूको कार्यालय बन्द गर्‍यो भने अहिलेको समस्याको समाधान हुन्छ’ भनेर व्यंग्य गरेको सुनेको पनि बताए ।

‘नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष श्रद्धेय केपी शर्मा ओली र माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिनबाट राजनीतिबाट सन्न्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा बढी खुसी हुन्छु,’ थापाले भने।

आफू अझै पनि तीनजना नेताहरूले संन्यास लिनुपर्छ भन्नेमा दृढ रहेको उनले बताए। ‘उहाँहरूप्रति ममा एकदम ठूलो रेस्पेक्ट छ। मैले फेरि उहाँहरूलाई अन्डरभ्याल्यू गरेको होइन। उहाँहरूले नेपाललाई ठूलो योगदान दिनुभएको छ, गुण लगाउनु भएको छ’, उनले भने ।

नेपालको राजनीति अहिले डेलिभरी गर्न नसक्ने अवस्थामा पुगेकै कारण वितृष्णा बढेको महामन्त्री थापाले दाबी गरे। ‘त्यसको ठूलो कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ। संसारभरको लोकतन्त्रमा यस्तो हुँदैन,’ उनले भने।

थापाले अहिले संसद्मा गएको भूमि विधेयकमा आफू सबैभन्दा ठूलो संशोधन प्रस्तावकर्ता रहेको पनि बताएका छन् । उनले अहिलेकै अवस्थामा भूमि विधेयक पास भएमा यसले ठूलो समस्या ल्याउने भएकाले संशोधनन हालिएको थापाले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : २३ बजे

भेनेजुएला भूकम्प अपडेट: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण र

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल