भौतिक मन्त्रालयद्वारा रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल | Khabarhub Khabarhub

भौतिक मन्त्रालयद्वारा रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल सुरु भएको छ । सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षापछि रुग्ण ठेक्का व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । 

मन्त्री देवेन्द्र दाहालले रुग्ण ठेक्का व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिए । ‘देशभरिका कार्यालय प्रमुखहरू काठमाडौँ आएको समय पारी मसिनो गरी रुग्ण ठेक्का व्यवस्थापनका बारेमा छलफल गरिएको हो’, उनले भने, ‘बजेट कार्यान्वयन गर्न उहाँहरूलाई धेरै दिन काठमाडौँमा राख्न उपयुक्त हुँदैन, त्यसैले बिदाको दिन पनि छलफल गरेका हौँ ।’

वार्षिक समीक्षा गोष्ठीमा समेत मन्त्री दाहालले रुग्ण ठेक्का व्यवस्थापन र बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । 

आयोजनाहरू सुरु हुने तर निर्धारित समयमा नै पूरा नभई वर्षौँ अलपत्र हुने अवस्थाको अन्त्यका लागि मन्त्री दाहालले कार्यभार सम्हाले देखिनै विशेष चासो राख्दै आएका छन् । 

अन्य मन्त्रालय तथा कार्यालयभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्य क्षेत्र समेत फरक रहेका कारण बिदाका दिन अनिवार्य छुट्टी बस्ने सुविधा नहुने मन्त्रालयका सचिव केशवकुमार शर्मा बताए । 

‘सडकका कर्मचारीले १०ः०० बजेदेखि ५ः०० बजेसम्म काम गरेर पुग्दैन, जुनसुकै बेला पनि फिल्डमा खटिन तयार हुनुपर्छ’, उनले भने, ‘त्यसैगरी चालु आर्थिक वर्षका लागि कर्मचारीहरू कार्यालयमा जानुअघि रुग्ण ठेक्का व्यवस्थापनमा विशेष ध्यान दिँदै निकासका लागि सहजीकरण गर्न बिदाका दिन पनि काम गरिएको हो ।’

चार सङ्घीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा विभिन्न आयोजनामा रहेका रुग्ण ठेक्का व्यवस्थापनका लागि छलफल गरिएको हो । छलफलमा सडक विभागका महानिर्देशक डा विजय जैसी, उपमहानिर्देशकहरु, आयोजना प्रमुखहरू तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका