नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन् ।

शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीमाथि घात लगाएर गोली प्रहार गरिएको स्थानीय सांसद हामिसु फारुले जानकारी दिए ।

फारुका अनुसार, आक्रमणपछि आक्रमणकारीहरू नजिकैको वन क्षेत्रमा लुकेका छन्, जसका कारण मृतकको शव संकलन कार्यमा कठिनाइ भएको छ । यस्तै, कैयौँ गाउँले थप आक्रमणको त्रासमा आफ्नो घर छाडेर विस्थापित भएका छन् ।

सांसद फारुले बताएअनुसार, उक्त वन क्षेत्रमा करिब पाँच हजारभन्दा बढी आपराधिक समूहका सदस्य लुकेर बसेका छन् र निरन्तर आसपासका बस्तीहरूमा हमला गरिरहेका छन् । “उनीहरूलाई नियन्त्रणमा ल्याउन हवाई कारबाही अत्यावश्यक देखिन्छ,” उनले बताए ।

नाइजेरियामा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सन् २०१५ देखि सेना परिचालन गरिएको छ भने राज्य सरकारले पनि स्थानीय सुरक्षा बल गठन गरेको थियो। तर, हिंसा यथावत् रहँदै आएको छ ।

संघीय तथा प्रादेशिक सरकारहरूले यस्ता समूहसँग बारम्बार वार्ता तथा शान्ति सम्झौता गरेका छन्, तर ती सम्झौता लामो समय टिक्न सकेका छैनन् । पछिल्लो पटक सरकारको समर्थनमा केही धर्मगुरुहरूले एक प्रभावशाली समूहसँग वार्ता गराए पनि स्थानीयहरू त्यसमा पूर्ण विश्वास गर्न सकिरहेका छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ११ बजे

आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा