खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी « Khabarhub

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।

यसै क्रममा आज अन्तिम संस्कार गरिएको स्थानबाट शव उत्खनन् गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी नै नदिएको विषय थाहा पाएपछि अनुसन्धानका लागि शव उत्खनन् गरिएको बताए ।

“सापातेलमा भएको घटनाबारे शव अन्त्येष्टि गरिसकेपछि मात्रै प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव परीक्षणपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर दाहसंस्कार गर्नुपर्ने प्रावधान छ”, उनले भने।

गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित छ जना बालबालिका सम्पर्कविहीन भएका थिए । सोही दिन खोजी गर्ने क्रममा साझ अन्य चार जना नजिकैको ओडारमा सकुसल पाइए पनि दुई जना मृत भेटिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : १७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं