कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ? « Khabarhub

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा कडा सुरक्षा चेकजाँच गरिरहेको छ ।

सेना सुरक्षार्थ सडकमा निस्कँदा हिँडडुलमा कडाइ भएको छ । अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन सेनाले आग्रह गरेको छ । आफ्नो वास्तविक परिचयपत्र बोकेकालाई मात्र संवेदनशील क्षेत्र हुँदै आवतजावत गर्न दिएको छ ।

विध्वंशकारी गतिविधि रोक्न र शान्तिसुरक्षा कायम राख्न भन्दै सेनाले बुधबार बिहानैदेखि चेकजाँचलाई थप कसिलो बनाएको हो । जेन-जी आन्दोलनका नाममा लुटपाटमा सङ्लग्न कम्तिमा २६ जनालाई सेनाले काठमाडौँबाट पक्राउ गरी सेनालाई बुझाइसकेको छ ।

नेपाली सेनासँगै हाल सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा व्यवस्था निम्ति फिल्डमा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : २० बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध