रश्मिका मन्दाना र विजय देवरकोन्डाको इन्गेजमेन्टको पुष्टि, बिहे कहिले ? | Khabarhub Khabarhub

रश्मिका मन्दाना र विजय देवरकोन्डाको इन्गेजमेन्टको पुष्टि, बिहे कहिले ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय फिल्म जगतका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डाले अन्ततः आफ्नो सम्बन्धलाई औपचारिक रूप दिन लागेको खबरले सामाजिक सञ्जाल तताएको छ। विजयको नजिकका स्रोतले हिन्दुस्तान टाइम्ससँग उनीहरूको इन्गेजमेन्ट भएको पुष्टि गरे ।

शुक्रबारदेखि नै ट्विटर र इन्स्टाग्राममा यी दुईको इन्गेजमेन्टको चर्चा चुलिएको छ। यद्यपि, रश्मिका र विजयले औपचारिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्। तर स्रोतका अनुसार, उनीहरूको विवाह सन् २०२६ को मे महिनामा हुने लगभग पक्का भइसकेको छ।

रश्मिका र विजयको प्रेमकथा पनि निकै फिल्मी छ। उनीहरू पहिलो पटक सन् २०१८ मा सुपरहिट फिल्म गीता गोविन्दम र त्यसपछि सन् २०१९ को डियर कमरेड मा सँगै देखिएका थिए। यतिबेलादेखि नै उनीहरूको नजिकको सम्बन्धबारे चर्चा चल्दै आएको थियो।

यी दुईलाई प्रायः विभिन्न सार्वजनिक कार्यक्रममा र विदेश भ्रमणमा सँगै देखिने गरिएको छ। हालै मात्र अगस्ट महिनामा उनीहरूले न्यूयोर्कमा आयोजित ४३औं इन्डिया डे परेडको नेतृत्व गरेका थिए र ‘भारत बियोन्ड बोर्डर्स’ शीर्षकको कार्यक्रममा पनि संयुक्त रूपमा सहभागी भएका थिए।

फ्यानहरूले सामाजिक सञ्जालमा उनीहरूले एउटै स्थानबाट पोस्ट गरेका छुट्टीका तस्वीरहरू समेत पत्ता लगाएका थिए, जसले उनीहरूको प्रेम सम्बन्धबारेको हल्लालाई अझ पुष्टि गर्‍यो। यद्यपि, दुवैले सम्बन्धबारे कहिल्यै खुलेर बोलेका छैनन्।

करियरतर्फ फर्किँदा, रश्मिका पछिल्लो पटक धनुष र नागार्जुनसँगको फिल्म कुबेरा मा देखिएकी थिइन्। अब उनी म्याडकको हरर-कमेडी ब्रह्माण्डमा आधारित फिल्म ‘थम्मा’ मा मुख्य भूमिकामा देखिनेछिन्।

त्यस्तै, विजय देवरकोन्डा हालै किंगडम फिल्ममा देखिएका थिए, जसमा सत्यदेव र भाग्यश्री बोर्से पनि प्रमुख भूमिकामा थिए। फिल्मलाई गौतम तिन्नानुरीले निर्देशन गरेका थिए, र यो सितारा इन्टरटेनमेन्ट र फच्र्यून फोर सिनेमाको ब्यानरमा नागा वामसी र साई सौजन्यद्वारा निर्मित थियो।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : ५२ बजे

रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन

ओलीलाई जिल्ला अध्यक्षहरुको जवाफ : ‘यही नेतृत्व बोकेर चुनावमा जान कठिन छ’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै

सबै परिस्थितिको ‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बिइभि !

काठमाडौं– विशेषगरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत

शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेका छौँ : सेना

काठमाडौं- नेपाली सेनाले छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका

करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज