शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण « Khabarhub

शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माण सम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना शुक्रबार महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रूपमा महानगरको जिम्मा लगाइएको हो ।

आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शवदाह गृह तथा मलामी प्रतीक्षालय विसं २०७५ माघ ३ गते सम्झौता भई विसं २०८२ साउन ३० गते सम्पन्न भएको हो । 

सम्झौता रकम १० करोड ३६ लाख ५७ हजार ८११ रुपैयाँ रहेकामा निर्माण सम्पन्न गर्न कुल १२ करोड ६४ लाख ८९ हजार ७८४ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

शवदाह भवनमा भुइँतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शवदाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । 

विद्युतीय शवदाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् ।

बर्सातको समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा क्रियापुत्री बस्ने व्यवस्था गर्न सकिने थापाले बताए ।

आयोजनाअन्तर्गत देवघाट क्षेत्रमा बसपार्क, टर्मिनल भवन, फुटपाथलगायतका संरचना देवघाटसँगै महानगरका विभिन्न स्थानमा निर्माण गरिएको छ । यी सबै परियोजनाको लागत करिब ३३ करोड ८० लाख ७५ हजार ४८७ रुपैयाँ रहेको आयोजनाले जनाएको छ । 

थापाका अनुसार शवदाह गृह सञ्चालन तथा मर्मत–सम्भारका लागि आयोजना पक्षले एक वर्षसम्म सहयोग र निगरानी गर्नेछ ।  साथै, महानगरले पठाउने जनशक्तिलाई आवश्यक तालिम प्रदान गरिनेछ ।

कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले महानगरले शवदाह गृहको सञ्चालन र व्यवस्थापन जिम्मेवारीका साथ गर्ने प्रतिबद्धता जनाए ।

महानगर प्रमुख रेनु दाहालले भरतपुरमा पछिल्ला वर्षमा धेरै विकास आयोजना सम्पन्न भएको जनाउँदै नमूना शहरको अवधारणाअनुरूप समग्र विकास कार्य अघि बढिरहेको धारणा व्यक्त गरिन् । 

उनले विकास निर्माणका क्रममा देखिएका विभिन्न प्रशासनिक र प्राविधिक चुनौतीका बाबजुद महानगरले परिणाममुखी काम गरेको उल्लेख गरिन् । रासस

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ०६ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण