कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता  « Khabarhub

कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र (जीआईजेड) गेसेलशाफ्ट फर इन्टरनेस्नल जुसमेनारबिटबीच नेपालको लागि दिगो विद्युतीय यातायात (एसईटी४एनपीएल) परियोजनाअन्तर्गत एमओयूमा हस्ताक्षर भएको छ । 

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात-विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (ईएमबीएस) स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

एसईटी४एनपीएल परियोजना  जीआईजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टुचुट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । 

यो परियोजना मिटिगेसन एक्सन फ्यासिलिटि (एमएएफ)को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस (ईएमबीएस) सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।  

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस (ईएमबीएस) प्रयोग गर्न सहज बनाउने  बंकले जनाएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ४२ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना