नोबेल शान्ति पुरस्कार विजेताको घोषणा हुँदै, ट्रम्पले पाउलान् ? « Khabarhub

नोबेल शान्ति पुरस्कार विजेताको घोषणा हुँदै, ट्रम्पले पाउलान् ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ओस्लो- शुक्रबार विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा हुँदैछ । नर्वेजियन नोबेल समितिले शुक्रबार नोबेल शान्ति पुरस्कारका विजेताको घोषणा गर्न लागेको हो ।

विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्द्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाहरूको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ ।

यस वर्ष पनि सम्भावित विजेताको अनुमान र अड्कलबाजी तीव्र बनेको छ । केहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार मिल्ने सम्भावना औँल्याए पनि लामो समयदेखि नोबेल पुरस्कारका पर्यवेक्षकहरूले उनको सम्भावना न्यून रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार विदेशी नीतिमा उनले देखाएको उल्लेखनीय हस्तक्षेप र त्यसको श्रेय लिन गरेको प्रयासका बाबजुद पनि पुरस्कार प्राप्त गर्ने सम्भावना कम छ ।

शान्ति अनुसन्धान संस्थान ओस्लोद्वारा सम्भावित विजेताको रूपमा उद्धृत नामहरूमा सुडानको इमर्जेन्सी रेसपोन्स रुम, अन्तर्राष्ट्रिय न्याय अदालत (आइसीजे) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का साथै कमिटी टु प्रोटेक्ट जर्नालिस्ट रहेका छन् ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट अमेरिकास्थित गैर–नाफामुखी सङ्गठन हो, जसले प्रेस स्वतन्त्रताको संरक्षण र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पत्रकारहरूको अभिलेख तयार गर्ने कार्य गर्दै आएको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कार जापानको ‘निहोन हिडान्क्यो’ संस्थालाई प्रदान गरिएको थियो । यो संस्था हिरोशिमा र नागासाकीमा भएको आणविक विस्फोटबाट बचेका व्यक्तिहरूद्वारा स्थापन गरिएको आन्दोलन हो, जसले दशकौँदेखि आणविक हतियारको प्रयोगविरुद्ध अन्तर्राष्ट्रिय निषेध कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

नोबेल पुरस्कारहरू मध्ये शान्ति पुरस्कार मात्रै नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ भने बाँकी चार पुरस्कार— चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य— यसै हप्ता स्विडेनको राजधानी स्टकहोममा घोषणा भइसकेका छन् ।

सोमबार चिकित्सा, मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यका विजेताहरू घोषणा गरिएका हुन् । अब बाँकी अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा आगामी सोमबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ०१ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको